हालसम्मको प्रारम्भिक मूल्यांकनअनुसार होटल क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
हालसम्मको प्रारम्भिक मूल्यांकनअनुसार होटल क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
काठमाडौं उपत्यकासहित देशभरका करिब दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल संघ नेपाल (HAN) ले जनाएको छ। HAN का अनुसार, हालसम्मको प्रारम्भिक मूल्यांकनअनुसार होटल क्षेत्रमा मात्र करिब २५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको अनुमान गरिएको छ।
विशेषगरी राजधानी काठमाडौंस्थित हिल्टन होटलमा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको संघले जनाएको छ। अन्य ठूला तथा मध्यमस्तरका होटलहरूमा समेत संरचनागत क्षति पुगेको र सञ्चालनमा प्रत्यक्ष असर परेको देखिएको छ।
संघका पदाधिकारीहरूले भौतिक संरचना मात्र नभई होटल सञ्चालनसम्बन्धी पूर्वाधार, भित्त्री सजावट, मेसिनरी तथा अन्य सुविधा पनि क्षतिग्रस्त भएकाले वास्तविक नोक्सानी अझै बढ्न सक्ने बताएका छन्। उनीहरूले तत्काल राहत, पुनर्निर्माण र पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने योजनामा सरकार र सरोकारवालाको ध्यानाकर्षण गराएका छन्।
HAN का अनुसार, पर्यटन क्षेत्र देशको आम्दानी र रोजगारमा ठूलो योगदान दिने खम्बामध्ये एक भएकाले यस क्षेत्रमा भएको यो नोक्सानी दीर्घकालीन असर पार्न सक्ने देखिएको छ। संघले होटल व्यवसायलाई तत्काल सहयोग र पुनःस्थापना योजनाको आवश्यकता रहेको जोड दिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0