नेपालमा ’जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्
नेपालमा ’जेनजी’ आन्दोलनका क्रममा भएको मानवीय क्षतिप्रति संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो दुःख व्यक्त गरेका छन्
काठमाडौं । नेपालमा भइरहेको आन्दोलनका क्रममा भएको हिंसा र बढ्दो अस्थिरताप्रति राष्ट्र सङ्घका महासचिवले गम्भीर चिन्ता व्यक्त गरेका छन् । उनले आन्दोलनका क्रममा निरन्तर भैरहेको मानवीय क्षति, प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडप, र देशमा बढ्दो असुरक्षाले शान्ति प्रक्रियामाथि नकारात्मक प्रभाव पार्न सक्ने भन्दै गहिरो चासो देखाएका हुन् ।
महासचिवले सरकार र प्रदर्शनकारीबीच संवादमार्फत् समस्याको समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले अभिव्यक्ति स्वतन्त्रता, शान्तिपूर्ण प्रदर्शनको अधिकार र मानवअधिकारको सम्मान गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
राष्ट्र सङ्घले नेपाललाई शान्तिपूर्ण बाटोबाट राजनीतिक समस्या समाधान गर्न तयार रहेको उल्लेख गर्दै आवश्यक सहयोग र सहजीकरण उपलब्ध गराउने संकेत पनि गरेको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0