मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ ।
मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ ।
मंगलवार २२.६५ अंकले बढेको नेप्से परिसूचक बुधवार १५.७६ अंकले गिरावट आएको छ ।
पछिल्लो दुई सातादेखि नेप्से परिसूचकमा उतारचढाव आइरहेको छ । उक्त उदारचढावका बीच बुधवार नेप्से परिसूचक १५.७६ अंक घटेर १९३३.२९ बिन्दुमा झरेको हो । त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.३२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले घटेको छ ।
बुधवार कारोबारमा आएका २६६ कम्पनीको ३७ लाख ७७ हजार कित्ता शेयर १ अर्ब ३३ करोड ३७ लाख १९ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनामा बुधवार कारोबार रकम पनि बढेको छ । मंगलवार १ अर्ब २९ करोडको शेयर कारोबार भएको थियो ।
बुधवार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये वित्त, होटल तथा पर्यटन, विकास बैंक, उत्पादन तथा प्रशोधन,जलविद्युत, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।
बुधवार नेप्से घटेपनि माया खोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, सपोर्ट माइक्रोफाइनन्सको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । यता बोटलर्स नेपालको शेयरमूल्य ७.६२ प्रतिशत घटेको छ । बुधवार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0