कुल रु २५ अर्ब ७६ करोड ३२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ
कुल रु २५ अर्ब ७६ करोड ३२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ
काठमाडौं, २९ असार — काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु २५ अर्ब ७६ करोड ३२ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ। आइतवार नगर कार्यपालिकाको बैठकबाट स्वीकृत बजेट नगर प्रमुख बालेन्द्र साह (बालेन) ले सार्वजनिक रूपमा प्रस्तुत गरेका हुन्।
बजेटमा आन्तरिक आम्दानीबाट रु २० अर्ब १२ करोड प्राप्त हुने लक्ष्य लिइएको छ। यसमध्ये सम्पत्ति कर, व्यवसाय कर, सवारी कर लगायत विभिन्न श्रोतहरूबाट राजस्व संकलन गरिने उल्लेख छ। बाँकी रकम संघीय सरकार र प्रदेश सरकारको सहयोग, अनुदान र अन्य साझेदार संस्थाहरूबाट प्राप्त हुने अनुमान गरिएको छ।
नगरपालिकाले यो बजेटलाई पूर्वाधार विकास, शहरी सेवा प्रवाह, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, महिला तथा बालबालिका सशक्तिकरणजस्ता बहुपक्षीय क्षेत्रहरूमा केन्द्रित गर्ने जनाएको छ। यस वर्षको बजेटमा सूचना प्रविधि, स्मार्ट सिटी, ढल व्यवस्थापन र ट्राफिक सुधार कार्यक्रम प्राथमिकतामा राखिएको छ।
महानगरले शिक्षा क्षेत्रमा डिजिटल शिक्षण प्रविधि विस्तार, विद्यालय पूर्वाधार सुधार र छात्रवृत्ति कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। यस्तै, वातावरणीय सुधारका लागि हरियाली विस्तार, फोहोरमैला व्यवस्थापन र खुला स्थान संरक्षण कार्यक्रम पनि समावेश गरिएको छ।
नगर प्रमुख बालेनले बजेट प्रस्तुत गर्दै भने, “यो बजेट काठमाडौंलाई स्मार्ट, समावेशी र दिगो सहर बनाउने दिशातर्फ केन्द्रित छ। जनताको सेवामा कुनै कमी आउन नदिन हामी कटिबद्ध छौं।”
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0