सन् २०१० मा अफगानिस्तानको लडाईंमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।
पूर्व गोरखा सैनिक हरि बुढा मगरले पर्यटन प्रवद्र्धनका लागि सरकासँग जोडिन पाए धेरै भन्दा धेरै विदेशी पर्यटकहरुलाई नेपाल भित्र्याउने बताउनुभएको छ ।
उहाँले आफूसँग धेरै विदेशीहरु जोडिएकाले उनीहरुलाई नेपालमा ल्याउनका लागि सरकारसँग जोडिनसके सहज हुने बताउनुभएको हो । शारीरिक अशक्त रहनुभएका उहाँ बुधवार काठमाडौंबाट सगरमाथा आरोहणका लागि सगरमाथा क्याम्पतिर प्रस्थान गर्नुहुनेछ । उहाँले सगरमाथा आरोहण आफैँमा चुनौतिको विषय भएको बताउँदै आफूले सफल आरोहाण गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आफ्नो परिचय नेपालमा भन्दा पनि बाहिर धेरै रहेको बताउनु भयो । उहाँले सरकारसँग जोडिएर काम गर्नसकेन पर्यटकहरुको वृद्धि गर्न आफूले सकारात्मक भुमिका खेल्ने बताउनु भयो । उहाँले सरकारले आफ्नो क्याम्पेनसँग सरकारले हातेमालो गरे नेपालमा विदेशी पर्यटक ल्याउन सहयोग पुग्ने बताउनु भयो । उहाँले सगरमाथा आरोहणका क्रममा सरकारसँग अन्य कुनै अपेक्षा नरहेको तर आफूलाई कुनै व्यवधान सिर्जना नगरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । पूर्व गोरखा सैनिक मगरका दुवै खुट्टा छैनन् । उहाँ कृतिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न लाग्नुभएको हो । कृतिम खुट्टाको सहायतामा सगरमाथाको आधारशिविर पुगेर ’स्काइड्राइभिङ’ गर्ने पहिलो व्यक्ति समेत हुनुहुन्छ । उहाँले आफ्नो काममा अहिले १६ जना नेपालीहरुलाई रोजगारीको अवसर दिएकोमा गर्व लागेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारसँग मेरो धेरै अपेक्षा छैन । सकेसम्म म आफैँ कसरी गर्नुपर्छ भन्ने कुरा हो । त्यसमा नेपाल सरकारले भयो भने विशेष गरी पर्यटन प्रवद्र्धनमा मेरो क्याम्पेनसँग जोडिएर धेरै पर्यटन ल्याउन सहयोग गरे हुन्थ्यो । नेपालको ठूलो जिडिपीको भाग ओगटेको कारणले मेरो विचारमा मेरो अनुभवसँग जोडिएर काम गर्न पाए हुन्थ्यो । नेपालमा भन्दा अन्य मुलुकमा मेरो धेरै प्रचारप्रसार भएको छ । त्यसलाई हेरे मेरो विचारमा बढी पर्यटन भित्र्याउन सकिन्छ । अहिले मसँग १६ जना भन्दा धेरै नेपाली दाजुभाईहरुले काम गरिरहनुभएको छ । प्रत्यक्ष रुपमा । त्यसमा एउटा अवसर दिन सकेकोमा मलाई गर्व लाग्छ । विदेशबाट पैसा उठाएर नेपालमा ल्याउन सकेकोमा मलाई गर्व छ । नेपाल सरकारबाट आशा छ सहयोग गर्न सके÷नसकेपनि बाधा अड्चन नबनाइदिए म आभारी हुने थिएँ ।’

कमेन्टस् 0