डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका–४ शितलचोकका छ वर्षीय बालकको आज गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ ।
आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई बिरामीलाई भर्ना गरी उपचार सेवा प्रदान गरेको अभियोगमा तनहुँको दमौलीस्थित दुई मेडिकल हलका सञ्चालक पक्राउ परेका छन् ।
खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जनाएको छ ।
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ । असहज महसुस भएपछि आज बिहान अस्पताल ल्याइनुभएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन् ।
एक बिरामीको उपचारको क्रममा पित्तथैली र मूत्रनलीबाट शल्यक्रियामार्फत ५५ वटा पत्थरी निकालिएको छ । दक्षिण झापाको कचनकबल गाउँपालिका वडा नं. ६ की ५४ वर्षीया सुमित्रा साहको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचारको क्रममा ५५ वटा पत्थरी एकैपटकमा बाहिर निकालिएको हो ।
सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये अपवाद बनेको छ, यहाँको भरतपुर अस्पताल ।
निजी प्राविधिक शिक्षालय सञ्चालकले चिकित्सा शिक्षा ऐन तथा नियमावलीमा भएको केही प्रावधानलाई संशोधन गर्न माग राखेका छन् । सो ऐन तथा नियमावली एवं चिकित्सा शिक्षासँग सम्बन्धित समस्या सम्बोधन हुनुपर्ने माग गर्दै उनीहरु धर्नामा समेत बस्दै आएका छन् ।
आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै जाँदा कास्कीको पोखराका अस्पतालले आँखाको परीक्षण र औषधि निःशुल्क प्रदान गर्न थालेका छन् ।
आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक र संस्थागत विद्यालय बिदा गरेको हो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023