बुधबार बिहान वनबाट संकलन गरिएको जंगली च्याउ पकाई खाएपछि केही समयमै उनीहरूलाई वाकवाकी, पेट दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएको बताइन्छ।
बुधबार बिहान वनबाट संकलन गरिएको जंगली च्याउ पकाई खाएपछि केही समयमै उनीहरूलाई वाकवाकी, पेट दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएको बताइन्छ।
जाजरकोटको भेरी नगरपालिका–४, रानागाउँका ११ जना स्थानीयवासी विषालु च्याउ खाएपछि बिरामी परेका छन्। बुधबार बिहान वनबाट संकलन गरिएको जंगली च्याउ पकाई खाएपछि केही समयमै उनीहरूलाई वाकवाकी, पेट दुख्ने र टाउको दुख्ने जस्ता लक्षण देखिएको बताइन्छ।
स्थानीय स्वास्थ्यकर्मीहरूका अनुसार बिरामी परेकाहरूलाई तत्काल प्राथमिक उपचारपछि जिल्ला अस्पताल पुर्याइएको हो। उपचाररत बिरामीमध्ये केहीको अवस्था गम्भीर नभए पनि निरन्तर स्वास्थ्य परीक्षण भइरहेको छ।
स्वास्थ्यकर्मीले स्थानीयलाई जंगली च्याउ सजिलै विषालु हुने भएकाले बिना पहिचान सेवन नगर्न चेतावनी दिएका छन्। प्रत्येक वर्ष ग्रामीण क्षेत्रमा जंगली च्याउ खाँदा मानिस बिरामी पर्ने वा ज्यान जाने घटना दोहोरिँदै आएको छ।
यस घटनाले ग्रामीण क्षेत्रमा जनचेतना अभिवृद्धि गर्न तथा स्वास्थ्य शिक्षा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आवश्यक रहेको जनस्वास्थ्य विज्ञहरूले बताएका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0