EU to announce updated climate target within weeks
EU to announce updated climate target within weeks
न्यूयोर्क क्लाइमेट वीकको अवसरमा युरोपेली संघ (EU) का कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराले संघले आगामी केही साताभित्रै नयाँ जलवायु लक्ष्य घोषणा गर्ने तयारी भइरहेको जानकारी दिएकी छन्।
उनका अनुसार नोभेम्बरमा ब्राजिलमा हुने अन्तर्राष्ट्रिय जलवायु सम्मेलन (COP) भन्दा अघि नै अद्यावधिक लक्ष्य सार्वजनिक गरिनेछ। तर, सदस्य राष्ट्रहरूबीच महत्वाकांक्षी लक्ष्य निर्धारणका विषयमा एकमत नहुँदा घोषणा केही ढिलाइ भएको उनले प्रष्ट पारिन्।
रिबेराले जलवायु नीति, दिगोपन र आर्थिक विकासबीच सन्तुलन कायम गर्दै अघि बढ्नु अपरिहार्य भएको भन्दै अझै ठूलो मात्रामा तत्काल कदम चाल्न जरुरी रहेको बताइन्। उनले जलवायु संकटलाई सामूहिक प्रयासबाट मात्र सामना गर्न सकिने र युरोपेली संघ त्यसतर्फ प्रतिबद्ध रहेको स्पष्ट गरिन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0