WHO ले कार्यस्थलमा लगातार बढिरहेको तापक्रमले गर्मीजन्य रोग, निर्जलीकरण, लुजपात, हिट स्ट्रोक र मृत्यु समेत हुने खतरा बढाएको उल्लेख गरेको छ।
WHO ले कार्यस्थलमा लगातार बढिरहेको तापक्रमले गर्मीजन्य रोग, निर्जलीकरण, लुजपात, हिट स्ट्रोक र मृत्यु समेत हुने खतरा बढाएको उल्लेख गरेको छ।
काठमाडौं । विश्व स्वास्थ्य संगठन (WHO) ले कार्यस्थलमा बढ्दो अत्यधिक गर्मी र यसको स्वास्थ्य प्रभावबारे चेतावनी दिएको छ। हाल विश्वका विभिन्न देशहरूमा भइरहेको मौसमजन्य चरम परिवर्तनका कारण कामदारहरू उच्च तापक्रमको जोखिममा परिरहेको डब्लुएचओले जनाएको छ।
संस्थाले कार्यस्थलमा लगातार बढिरहेको तापक्रमले गर्मीजन्य रोग, निर्जलीकरण, लुजपात, हिट स्ट्रोक र मृत्यु समेत हुने खतरा बढाएको उल्लेख गरेको छ। विशेषगरी बाहिरी क्षेत्रमा काम गर्ने कृषि, निर्माण, ढुवानी र औद्योगिक क्षेत्रका श्रमिकहरू बढी प्रभावित हुने जोखिम रहेको प्रष्ट पारिएको छ।
डब्लुएचओका अनुसार, हिट स्ट्रेसका कारण काम गर्ने क्षमतामा गिरावट आउँछ, उत्पादकत्वमा कमी हुन्छ र आर्थिक क्षतिको सम्भावना पनि बढ्छ। साथै, श्रमिकहरूको स्वास्थ्य सुरक्षित राख्नका लागि तत्काल कदम चाल्न आवश्यक रहेको चेतावनी दिइएको छ।
संस्थाले सरकार, उद्योगी व्यवसायी र नियोक्ताहरुलाई कार्यस्थलमा पर्याप्त पानीको आपूर्ति, आरामका लागि छुट्टै समय, छायाँ वा चिस्यानयुक्त वातावरण उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेको छ। यसैगरी, तापक्रमको असरबारे श्रमिकलाई सचेतना अभिवृद्धि गर्नुपर्नेमा पनि जोड दिएको छ।
डब्लुएचओले जलवायु परिवर्तनसँगै कार्यस्थलमा गर्मीको असर अझ गहिरिने भएकाले आजैदेखि सुरक्षात्मक रणनीति र नीतिहरू कार्यान्वयन गर्न सबै सरोकारवालाहरूलाई आह्वान गरेको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0