विदेशमन्त्री डा. राणा भियतनामी उपराष्ट्रपतिसँग भेट
विदेशमन्त्री डा. राणा भियतनामी उपराष्ट्रपतिसँग भेट
काठमाडौं । परराष्ट्र मन्त्री डा. राणाले भियतनाम भ्रमणको क्रममा भियतनामकी उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका छन्। भेटवार्तामा दुई देशबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भेटका क्रममा व्यापार, पर्यटन, संस्कृति र शिक्षा क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावनाबारे कुराकानी भएको थियो। मन्त्री राणाले नेपाललाई भियतनामले प्रदान गर्दै आएको समर्थनका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा उच्चस्तरीय आदान–प्रदान बढाउनुपर्ने आवश्यकता औँल्याए।
भियतनामी उपराष्ट्रपतिले नेपालसँगको सम्बन्धलाई भियतनामले उच्च प्राथमिकतामा राख्ने बताउँदै आगामी दिनमा पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन्। उनले दुई देशका जनस्तरबीच सम्पर्क र पर्यटन प्रवर्द्धनले सम्बन्ध अझ नजिक हुने विश्वास व्यक्त गरिन्।
यसै क्रममा, दुवै पक्षले क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा सहकार्यलाई निरन्तरता दिने सहमति पनि गरेका छन्। भेट वार्ताले नेपाल–भियतनाम सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0