पर्यटन प्रवर्द्धनका लागि सरकारको तर्फबाट जोडिन पाए राम्रो हुन्थ्योः हरि बुढा मगर

सन् २०१० मा अफगानिस्तानको लडाईंमा उहाँले दुवै खुट्टा गुमाउनुभएको थियो । घुँडाभन्दा तल दुवै खुट्टा गुमाउने र कृतिम खुट्टाको सहारामा सगरमाथा आधार शिविरसम्म पदयात्रा गर्ने बुढामगर पहिलो व्यक्ति हुनुहुन्छ । बुढामगरले मोन्ट ब्लाङ्क (४,८१० मिटर), चुलु सुदूरपूर्व (६,०५९ मिटर), किलिमन्जारो (५,८९५ मिटर), र मेरा पिक (६,४७६ मिटर) आरोहण गर्नुभएको छ । उहाँले २०१७ मा मेरा चुचुरो आरोहण गर्नुभएको थियो र ६,००० मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो घुँडा माथि (दुवै अंगविच्छेदन) डबल एम्प्यूटी गर्ने बन्नुभयो । उहाँको जन्म रोल्पा जिल्लाको मिरूल गाउँमा सन १९७९ मा भएको हो । यसअघि पनि उहाँ सगरमाथाको आधारशिविरसम्म पुगिसक्नुभएको छ ।

By युनिबिग न्युज | April 03, 2023 | 0 Comments

अब लुम्बिनीमा विद्युतीय बसमा सरर

बुद्ध जन्मस्थल लुम्बिनीमा लामो प्रतिक्षा पश्चात् विद्युतीय सवारी सञ्चालनमा आउने भएका छन् । सञ्चालन अनुमतिका लागि कानुनी प्रक्रियामा ढिलाइ र सञ्चालनको नमूना तयार नहुँदा लुम्बिनीमा दुई वर्षभन्दा बढी समयदेखि खुला आकाशमुनि विद्युतीय सवारी थन्किएका थिए ।

By युनिबिग न्युज | April 27, 2023 | 0 Comments

होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिन व्यवसायीको माग

होटल तथा पर्यटन व्यवसायलाई उद्योग सरह मान्यता दिनुपर्ने होटल तथा पर्यटन व्यवसाय सङ्घ वीरगञ्जले सरकारसँग आग्रह गरेको छ ।

By रासस नेपाल | April 30, 2023 | 0 Comments

मनाङमा चार महिनामा आठ हजार पर्यटक

हिमाली जिल्ला मनाङमा सन् २०२३ को मे ७ तारिखसम्ममा उल्लेख्य पर्यटक भित्रिएका छन् । सन् २०२३ को जनवरीदेखि मे ७ तारिखसम्म मनाङमा आठ हजार दुई सय २० पर्यटक भित्रिएका छन् ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

आलेख : पुरानै लयमा फर्कंदै पर्यटन

सन् २०२३ को चार महिनाको अवधिमा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

By रासस नेपाल | May 10, 2023 | 0 Comments

चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

By रासस नेपाल | May 19, 2023 | 0 Comments

पर्यटकलाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलीले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक भ्रमणमा स्वागत गर्न प्राधिकरण इच्छुक रहेको बताउनुभयो ।

By रासस नेपाल | May 26, 2023 | 0 Comments

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन माग

ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताए ।

By रासस नेपाल | June 26, 2023 | 0 Comments

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र  वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर पछिल्लो समय यहाँको पहिचानका रूपमा रहेको हात्ती सफारी सङ्कटमा पर्दै गएको छ ।

By रासस नेपाल | August 25, 2023 | 0 Comments

Trending Post