बीमा कम्पनीलाई रु. २२ अर्बभन्दा बढीको दाबी
बीमा कम्पनीलाई रु. २२ अर्बभन्दा बढीको दाबी
काठमाडौं । हालैका Gen-Z आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूले २,४७८ वटा आवेदनमार्फत करिब रु. २२ अर्ब २५ करोड बराबरको दाबी प्राप्त गरेका छन्।
नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी बागमती प्रदेशबाट १,३४३ आवेदन परेका छन्, जसको रकम करिब रु. १७ अर्ब ९७ करोड छ।
१८ वटा बीमा कम्पनीमा पुगेका दाबीमध्ये ओरियन्टल इन्स्योरेन्सले रु. ५.२२ अर्ब र सिद्धार्थ इन्स्योरेन्सले करिब रु. ५ अर्बभन्दा बढी दाबी प्राप्त गरेका छन्।
प्राधिकरणले दाबीको संख्या अझै बढ्ने अनुमान गरेको छ र बीमा कम्पनीहरूलाई छिटो छानबिन गरी पीडितलाई क्षतिपूर्ति दिलाउन आग्रह गरेको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0