उहाँले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निस्कर्ष निकाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा मार्ग चित्र बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित नियामक निकायहरुलाई निर्देशन दिनुभएको छ ।
बिहीवार राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको राष्ट्रिय सहकारी महासम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री दाहालले यस्तो निर्देशन दिनुभएको हो । उहाँले सहकारी प्रतिको नागरिकमा विश्वास टुट्न नदिनु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले ऐन कानून र सहकारी सिद्धान्त मूल्य,मान्यता अनुसार सञ्चालन गर्दा समस्यामा परेका सहकारीको समस्या समाधानमा सरकारले आवश्यक सहजिकरण गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले ऐन कानून विपरित सञ्चालन गरी काम गर्ने र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नियामक निकायहरुलाई निर्देशन दिनुभयो । उहाँले आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवद्र्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले राष्ट्रिय अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्वपूर्ण भुमिका खेल्दै आएपनि पछिल्लो समय सहकारीको काम कारवाहीमा केही प्रश्न उठिरहेका बताउँदै अब सहकारीले स्वनियमन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई शसक्त रुपमा स्थापित गराउन सरकार आवश्यक पहल गर्न तयार रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सहकारीले अपेक्षाअनरुप प्रमुख प्राथमिकताका क्षेत्र परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले विद्यमान सहकारीहरु क्रमशःउत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरिनु आवश्यक रहेको बताउनु भयो । उहाँले सहकारी प्रतिको आशा र भरोसाको सुरक्षा गर्नुपर्ने दायित्व सबैको भएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको राज्यले उच्च प्राथमिकतामा राखेको सहकारीको विश्वासमाथि केही प्रश्न उठिरहेको सन्र्दभमा स्वनियमनलाई नारामा मात्रै सिमित नराखि व्यवहारमा समेत आग्रह गर्न चाहन्छुृ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा माग चित्र बनाउन सम्मेलनले गर्नेछ । मुलुकको अर्थतन्त्रको एउटा खम्बाको रुपमा रहेको सहकारी अभियानलाई सशक्त रुपमा स्थापित गराउन आवश्यक पहल गर्न सरकार तयार रहेको छ । सहरकारी संस्थाहरुप्रति नागरिक तहबाट उठेका प्रश्नहरुको महासम्मेलनले विचार विमर्स गर्नेछ । नेपालको अर्थतन्त्र चलायमान बनाउन सहकारी क्षेत्रको महत्वपूर्ण योगदान रहन्छ । नेपालको संविधानले सहकारी क्षेत्रलाई स्वाधिन एवं राष्ट्रिय अर्थतन्त्र विकासको आधार स्तम्भको रुपमा परिभाषा गरेको छ । सहकारीबाट जुन अपेक्षा गरिएको छ । सो अनुरुप सहकारी क्षेत्रले प्रमुख प्राथमिकतालाई बदल्न आवश्यक रहेको छ । विद्यमान सहकारीहरु क्रमशःउत्पादन सहकारी र श्रम सहकारीमा रुपान्तरण गरेर मात्रै उक्त कार्यभारलाई पूरा गर्न सकिन्छ भन्ने मेरो विश्वास छ । सहकारी क्षेत्रलाई मर्यादित र प्रतिफलमुखी बनाउन सरकारको तर्फबाट आवश्यक पर्ने अभिभावकिय भुमिका निभाउन तयार छु । वित्तीय क्षेत्रमा देखिएको तरलता सहकारी क्षेत्रमा समेत देखिएको छ । सहकारी प्रतिको आशा र भरोसा समेतको सुरक्षा गर्नुपर्ने दायित्व सबैको अगाडि छ । सहकारी प्रतिको विश्वास टुटन नदिनु अहिलेको प्रमुख आवश्यकता हो । ऐन कानून र सहकारी सिद्धान्त मूल्य,मान्यतालाई आत्मसाथ गरी स्थापना भएर सहकारीमा आएका समस्या समाधानमा सरकारले आवश्यक सहजिकरण गर्ने छ । ऐन कानून विपरित भए गरेका कार्यहरु र सहकारी क्षेत्रमा देखिएको वित्तीय अराजतालाई नियमन र नियन्त्रण गर्न नेपाल सरकारका नियामक निकायहरुलाई निर्देशित गर्नु चाहन्छु । आयातमुखी अर्थतन्त्रलाई निरुत्साहित गरी उत्पादन संरक्षण र प्रवद्र्धन गर्ने सन्दर्भमा सहकारी अभियानसँग सहकार्य गर्ने प्राथमिकता रहन्छ ।’
उहाँले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निस्कर्ष निकाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा मार्ग चित्र बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कमेन्टस् 0