सामाजिक सञ्जालहरुको दुरुपयोग गरेर परेका उजुरीहरु साइबर ब्युरोमा धेरै देखिएका छन् । हामी त्यसमा एकदमै बढी सजग छौँ । त्यसलाई छानबिन र सम्बोधन गर्नेकुरा भइरहेको छ । अन्य जिल्लामा साइबर उजुरी भएपनि त्यसको अनुसन्धान काठमाडौंबाट गर्नुपर्नेछ । अहिलेको कानून त्यति अव्यवहारिक छ । उजुरीको दर बढीरहेको छ, अरु अपराधको तुलनामा पनि धेरै उजुरी दर्ता भएका छन्, त्यसैले साइबर ब्युरोलाई सशक्त बनाउन आवश्यक छ । अहिलेको ऐनमा रहेका प्रावधानलाई देशभरका सम्पूर्ण जिल्लामा पु¥याउनुपर्नेछ ।