महामन्त्री थापाले गिरिजाप्रसाद कोईराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।
महामन्त्री थापाले गिरिजाप्रसाद कोईराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो भन्दाछिटो टुंगोमा पु¥याउनुपर्ने बताउनुभएको छ ।
महामन्त्री थापाले भविष्यमा यसले थप जटिलता निम्त्याउने उल्लेख गर्दै तत्काल शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको हो । मंगलवार काठमाडौंमा आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोईरालाको योगदान’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पु¥याउन ढिलासुस्ती गरे वा पीडितको भावनामाथि चोट पु¥याउने काम गरे त्यो कसैलाई पनि मान्य नहुने चेतावनी दिनुभयो । महामन्त्री थापाले तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगोमा पु¥याउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गर्नुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तराष्ट्रिय मूल्य, मान्यता विपरित जान नहुने उहाँको भनाई थियो । महामन्त्री थापाले राजनीतिक दलहरुलाई यो वा त्यो बहानामा शान्ति प्रक्रियाको कामलाई टुंगोमा पु¥याउने कामबाट भाग्ने छुट नभएको पनि पटकपटक दोहो¥याउनु भयो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने कामको नेतृत्व नेपाली काँग्रेसले नै लिनुपर्ने पनि उहाँले बताउनु भयो ।
महामन्त्री थापाले भन्नुभयो, ‘शान्ति प्रक्रियाको खासगरी संक्रमणकालीन न्यायसँग जोडिएको केही विषयहरु छन् । जुन विषयहरुको बारेमा हामी एकदम प्रष्ट हुनुपर्छ । पहिलो कुरा, हामी सुविचारित ढंगबाट सचेततापूर्वक जसले शान्ति प्रक्रिया प्रारम्भ ग¥यौं । यो विषय हामी सबैको विषय हो । खासगरी नेपाली काँग्रेसका लागि त हामी शुरुवात आफैँले गरेको हो भन्छौं । हो पनि । त्यसैले यसलाई टुंग्याउने मुख्य जिम्मेवारीपनि हाम्रो हो । र, शान्ति प्रक्रियामा सहभागी भएको नेपालको अन्य राजनीतिक दलहरु, चाहे हिजो हामीसँगै रहेको नेकपा एमाले दल वा अर्को पक्ष भएको माओवादी हामी सबैको सामुहिक जिम्मेवारी हो । हामी सबैले दलीय संकीर्णता वा तत्कालको नाफाघाटा भन्दा बाहिर निस्केर यो विषयलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्दछ । हामीसँग अब समयको सुविधा छैन । हामीले यसलाई यो वो त्यो बहानामा लम्ब्यायौँ भने अझ यो जटिल बन्दै जान्छ । र, अझै हाम्रा निम्ति भविष्यमा अपm्ठयारो पनि सृजना हुन्छ । र, यो अन्यायपूर्ण पनि हुन्छ । त्यसैले यसलाई हामीले अहिले टुंग्याउनुपर्ने हुन्छ । हामीले समयको महत्वलाई पनि बुझ्नुपर्नेछ । संक्रमणकालीन न्यायको विषयलाई टुंग्याउँदै गर्दाखेरी यदि हामीले द्वन्द्वबाट पीडित भएकाहरुको भावनालाई सम्मान गर्न सकेनौ सम्बोधन गर्न सकेनौं । टुंग्याउनुपर्छ भन्ने नाममा जबरजस्ती उनीहरुले भारी बोक्नै पर्छ भन्नेतिर लाग्यौं । उसले त्यो कुरालाई मानेनन् स्विकार गरेनन् भने पनि हामी अपm्ठयारोमै पर्छौं । हामीले यसमा पनि ध्यान दिनुपर्नेछ । र, यो विषय शान्ति प्रक्रियाको विषयचाँही हाम्रो विषय हो । सार्वभौम नेपालको हाम्रो सीमा भित्रको विषय हो । हामीले चाहे पनि नचाहे पनि यो विषय केवल हाम्रा विषयहरु मात्रै होइनन् । यो कतिपय अन्तर्राष्ट्रिय कानूनसँग जोडिएका विषयहरु छन् । त्यसकारण हामीले टुंग्याउँदै गर्दाखेरी हामीलाई ठिक लागेर मात्रै हुँदैनन् । संसारमा हामी जुन मान्यताहरुमाथि विश्वास गछौं, त्यसको कसीमा यो ठिक देखिन्छ कि देखिँदैन भन्ने कुरातर्फ पनि हामीले ध्यान दिनुपर्नेछ । हामीले मिलेर एक ठाउँमा काम गर्नुपर्नेछ । यो पक्ष, त्यो पक्ष नभनिकन काम गर्नुपर्नेछ । म नेकपा एमालेलाई पनि आग्रह गर्छु–यो बेलामा हामी यो, त्यो नभनिकन काँग्रेस, एमाले, माओवादी सबै हामी एक ठाउँमा आएर यो विषयलाई हामीले टुंग्याउनु पर्नेछ । र, हामीले केन्द्रमा चाहीँ द्धन्द्धबाट पीडित भएकाहरु, जसले आफ्नो परिवानजन गुमाएका छन् । उनीहरुको भावनालाई सम्मान गर्ने गरिकन सम्बोधन गर्ने गरीकन उनीहरुले पनि यसलाई मान्ने गरिकन यसलाई टुंगाउनुपर्नेछ । र, हामीले टुंग्याएको कुरा अन्तराष्ट्रिय समुदायको अगाडि हामी सबैले यो यो मान्यताको आधारमा टुंग्याएका छौं भनेर भन्नुपर्छ । संक्रमणकालीन न्यायको विषय टुंग्याउँदै गर्दाखेरी मात्रै हामीले गिरिजाप्रसाद कोइरालाई गिरिजाप्रसाद कोईरालालाई सम्मान गरेको हुन्छौं ।’
महामन्त्री थापाले तत्कालीन गिरिजाप्रसाद कोईराला नेतृत्व सरकारले लिएको आर्थिक नीतिकै कारण मुलुक आजसम्म टिकेको दाबी समेत गर्नुभयो । उहाँले कोईरालाले लिएको आर्थिक नीतिबाटै मुलुक टिकेपनि उहाँमाथि त्यसको जस नदिएर अन्याय गरेको उहाँको बुझाई थियो । महामन्त्री थापाले नागरिकलाई आशावादी बनाउने गरी काम गर्न सरकारलाई पनि सचेत गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘आज प्रत्येक मान्छे मुलुकको अवस्था देखेर आत्तिएको छ । खासगरी तन्नेरीहरु आत्तिएका छन् । ठाउँ छोडेर जान चाहिरहेका छन । मान्छेले नेपालमा बसेर गल्ती पो ग¥यौ कि भन्न थालेका छन् । गिरिजाप्रसाद कोईरालाले नेतृत्व गरेको आन्दोलन २०६० सालतिर बरु हामी मान्छेहरुलाई आशावादी बनाउन सकिरहेका थियौं । तर आज हाम्रो सरकार छ । भरेभोलि हाम्रो साथीहरु गएर केन्द्रदेखि वडासम्म हाम्रो सरकार छ । ३ सय भन्दा बढी ठाउँमा हाम्रो स्थानीय सरकार छ । अझ गठबन्धन जोड्यौ भने त सरकारनै सरकार हाम्रो छ । अब हामीले कसैलाई दोष दिन पाउँदैनौं । हिजो हिसावकिताव संसदमा भयो सक्कियो । हिजो सजिलो थियो । सांसदहरुको हिसावकिताव मिलायो । बहुमतको लाइन नाघ्यो । हाम्रो सरकार बन्यो । तर हिजोबाट घडीको सुई चल्न शुरु भएको छ । यसको हिसावकिताव जनताले राख्छन्, नागरिकले राख्छन् । यो हिसावमा हामी खरो उत्रनसक्यौँ पास । नागरिकको निराशा घटाउँदै जानसक्यौ हामी पास भयौँ । सबै तन्नेरीहरुले देश छोड्नुपर्छ भन्ने मान्यता बदल्न सकेनौ भने हामी असफल भयौं । अब हामीले डेलिभरी दिन सकेनौं, तन्नेरीहरुलाई आशावादी बनाउन सकेनौं । यही केही हुन्छ भन्ने बनाउन सकेनौं । आज भन्दा भोली राम्रो बनाउन सकेनौ भनेदेखि भने हामीहरु त्यसमा असफल हुन्छौं । यसका निम्ति पनि फर्कने ठाउँ छ । हामीले गिरिजाप्रसाद कोईरालाले लिएको आर्थिक नीतिलाई अन्डरस्टिमेटगर्ने गरेका छौं । यो उहाँमाथिको अन्याय हो । आज नेपालको इकोनोमी केही कारणले टिकेको छ भने त्यो २०४८ सालदेखि २०५१ साल त्यही तीन वर्षको गिरिजाप्रसाद कोईरालाको नेतृत्वमा रहेको सरकारले लिएको आर्थिक नीति, निर्णयको प्रभावमा टेकेका छौं ।’
महामन्त्री थापाले गिरिजाप्रसाद कोईराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयहरुकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको बताउनु भयो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0