आगामी पाँच वर्षे राष्ट्रिय मास्टर योजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने
आगामी पाँच वर्षे राष्ट्रिय मास्टर योजना अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने
नेपाल सरकारले गृह मन्त्रालय अन्तर्गत नयाँ लागूपदार्थ नियन्त्रण विभाग गठन गर्ने निर्णय गरेको छ। यस विभागले आगामी पाँच वर्षे राष्ट्रिय मास्टर योजना अन्तर्गत लागू हुने गरी लागूपदार्थको आपूर्ति नियन्त्रण, अवैध व्यापार रोकथाम, उपचार, पुनर्स्थापना र जनचेतना अभिवृद्धिमा केन्द्रित कार्यक्रम सञ्चालन गर्नेछ । प्रमुख उद्देश्यमा विद्यालय तहमा शिक्षण सामग्री समावेश गरी युवा पुस्तामा चेतना फैलाउने, पाँच हजारभन्दा बढी प्रयोगकर्ता भएको जिल्लामा मानसिक स्वास्थ्य उपचार युनिट स्थापना गर्ने उल्लेख गरिएको छ ।
कानूनी पुनरावलोकन अन्तर्गत निकट भविष्यमा संसद्मा परामर्शार्थ नयाँ मस्यौदा प्रस्तुत गरिने गृह मन्त्रालयले जनाएको छ, जसले वर्तमान सन् १९७६ को ऐनका निकामा प्रावधानहरू प्रतिस्थापन गर्ने लक्ष्य राखेको छ । यसको कार्यसमिति गृह सचिवको नेतृत्वतामा समन्वय र अनुगमनका लागि तथा निर्देशक समिति गृहमन्त्रीको नेतृत्वमा सञ्चालन गरिने व्यवस्था छ, जसले विभागीय गतिविधिहरूलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0