Institute for Economics & Peace (IEP) ले तयार गर्ने यस सूचकांकले १६३ देशको मुल्याङ्कन गरी सामाजिक सुरक्षा, आन्तरिक तथा अन्तर्राष्ट्रिय विवाद, र सैन्यीकरणलाई आधार मानेर मूल्याङ्कन गर्दछ।
Institute for Economics & Peace (IEP) ले तयार गर्ने यस सूचकांकले १६३ देशको मुल्याङ्कन गरी सामाजिक सुरक्षा, आन्तरिक तथा अन्तर्राष्ट्रिय विवाद, र सैन्यीकरणलाई आधार मानेर मूल्याङ्कन गर्दछ।
काठमाडौं – विश्वको शान्ति अवस्थाबारे मूल्याङ्कन गर्ने Global Peace Index (GPI) 2025 मा नेपालले चार स्थान सुधार गर्दै ७६औँ स्थान हासिल गरेको छ। गत वर्ष नेपाल ८०औँ स्थानमा रहेको थियो। अष्ट्रेलियास्थित Institute for Economics & Peace (IEP) ले तयार गर्ने यस सूचकांकले १६३ देशको मुल्याङ्कन गरी सामाजिक सुरक्षा, आन्तरिक तथा अन्तर्राष्ट्रिय विवाद, र सैन्यीकरणलाई आधार मानेर मूल्याङ्कन गर्दछ।
नेपालको स्थान उक्लनु देशभित्र शान्ति, स्थिरता र सामाजिक सुरक्षामा आएको सकारात्मक परिवर्तनलाई प्रतिबिम्बित गर्ने रूपमा हेरिएको छ। विशेषगरी, आन्तरिक द्वन्द्वमा कमी, अपराध नियन्त्रणमा सुधार, र राजनीतिक स्थायित्वमा देखिएको प्रगति यस सूचकांकमा नेपालको उकासोको मुख्य कारण मानिएको छ।
दक्षिण एसियाको सन्दर्भमा नेपाल अझै पनि तुलनात्मक रूपमा सबैभन्दा शान्त राष्ट्रको रूपमा रहेको छ। भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानभन्दा अघि रहेको नेपालले यस क्षेत्रमा शान्ति र स्थायित्वको उदाहरण प्रस्तुत गरेको छ। यसले नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा एक स्थिर र विश्वसनीय साझेदारका रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
ग्लोबल पीस इन्डेक्स–२०२५ ले विश्वव्यापी रूपमा भने शान्तिको स्तर घट्दै गएको उल्लेख गरेको छ। द्वन्द्व, युद्ध र विभाजनका कारण विश्व द्वितीय विश्वयुद्ध पछिकै कमजोर अवस्थामा पुगेको प्रतिवेदनमा उल्लेख छ। तर, नेपालजस्ता मुलुकले स्थान उक्लनु सकारात्मक सन्देशका रूपमा लिइएको छ, जसले पर्यटन, लगानी र विकासका अन्य क्षेत्रहरूमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0