सरकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक
सरकारी छानबिन समितिको प्रतिवेदन सार्वजनिक
काठमाडौं — गत वर्ष काठमाडौंबाट विराटनगरका लागि उडान भरेको सौर्य एयरलाइन्सको सीआरजे–२०० विमान दुर्घटनाको मुख्य कारण ‘गलत स्पीड कार्ड’ भएको एक सरकारी छानबिन समितिले निष्कर्ष निकालेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा रनवेमै दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो भने एक मात्र जीवित बचेका कप्तान हालसम्म उपचारमा छन्।
छानबिन प्रतिवेदन अनुसार, विमानको टेकअफका लागि आवश्यक ‘V1’, ‘VR’ र ‘V2’ गति सम्बन्धी जानकारी स्पीड कार्डमा गलत रूपमा उल्लेख गरिएको थियो। यसले गर्दा विमान निर्धारित गतिको तुलनामा ढिलो टेकअफ गर्ने प्रयास गर्दा ‘डीप स्टल’ मा परेको थियो — जहाँ विमानको अगाडिको भाग अत्यधिक उचालिएको हुँदा लिफ्ट गुम्छ र विमान थोप्लिएर खस्छ।
यसबाहेक, विमानमा रहेको कार्गोमा समेत गम्भीर अनियमितता देखिएको छ। कार्गोको तौल सन्तुलन नगरी राखिएको, लोड प्लान कागजातमा त्रुटि भएको र सेन्टर अफ ग्र्याभिटी गडबडिएर विमान असन्तुलित भएको छानबिनले देखाएको छ।
समितिले प्रतिवेदनमार्फत नागरिक उड्डयन प्राधिकरण (CAAN) लाई निगरानी प्रक्रिया थप कडाइ गर्न, टेकअफका लागि प्रयोग हुने स्पीड कार्ड प्रणाली सुधार्न र पाइलट तथा ग्राउन्ड स्टाफको तालिममा जोड दिन सुझाव दिएको छ।
यो दुर्घटनाबाट नेपालमा हवाई सुरक्षाका मापदण्डप्रति गम्भीर प्रश्न उठेको छ। नियामक कमजोरी, लापरवाहि र प्रणालीगत त्रुटिहरूको मिश्रणले विमान दुर्घटनामा परेर १८ निर्दोष यात्रुहरुले ज्यान गुमाएका छन्। छानबिन समितिले जिम्मेवार पक्षलाई कारबाही गर्न समेत सिफारिस गरेको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0