भिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रको स्वाभिमान र एकतालाई आघात पुर्याउने कामलाई सहन सकिँदैन
भिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रको स्वाभिमान र एकतालाई आघात पुर्याउने कामलाई सहन सकिँदैन
प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा लगाइएका प्रतिबन्धलाई बचाउ गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले अभिव्यक्ति स्वतन्त्रताको नाममा राष्ट्रको स्वाभिमान र एकतालाई आघात पुर्याउने कामलाई सहन सकिँदैन भने।
ओलीले सामाजिक सञ्जाल उपयोगी साधन भए पनि पछिल्लो समयमा यसलाई भ्रम फैलाउने, घृणा र विभाजनकारी सामग्री प्रसार गर्ने माध्यम बनाइएको आरोप लगाए। उनले भने, “अभिव्यक्तिको नाममा राष्ट्रलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य हुँदैन। सरकारले नागरिकलाई असत्य सूचना, बदनाम गर्ने तथा राष्ट्रिय हितविपरीतका गतिविधिबाट जोगाउने जिम्मेवारी लिनुपर्छ।”
उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न र नियन्त्रण गर्न उचित कानूनी व्यवस्था आवश्यक भएको बताए। ओलीका अनुसार, लोकतान्त्रिक स्वतन्त्रतालाई सम्मान गर्दै पनि राष्ट्रिय एकता र सुरक्षालाई हानी पुर्याउने अभ्यासलाई नियन्त्रण गर्नु अनिवार्य छ।
उनको यो टिप्पणी सामाजिक सञ्जाल प्रतिबन्धबारे भइरहेको व्यापक विरोधका बीच आएको हो। नागरिक समाज, मानवअधिकारकर्मी र विपक्षी दलहरूले भने यसलाई लोकतान्त्रिक मूल्य र मौलिक अधिकारमाथिको आघातका रूपमा व्याख्या गरेका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0