शनिबार राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यक्तिगत कारणका साथै दलभित्रको राजनीतिक दबाबका कारण प्रधानमन्त्री पदबाट राजीनामा गर्ने निर्णय लिएको बताए।
शनिबार राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यक्तिगत कारणका साथै दलभित्रको राजनीतिक दबाबका कारण प्रधानमन्त्री पदबाट राजीनामा गर्ने निर्णय लिएको बताए।
जापानका प्रधानमन्त्री सिगेरु इसिबाले पदत्याग गर्ने घोषणा गरेका छन्। शनिबार राजधानी टोकियोमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले व्यक्तिगत कारणका साथै दलभित्रको राजनीतिक दबाबका कारण प्रधानमन्त्री पदबाट राजीनामा गर्ने निर्णय लिएको बताए।
इसिबाले भने, “म देश र जनताप्रति जिम्मेवार रहँदै यो कदम चालेको हुँ। अहिले जापानलाई नयाँ नेतृत्व र नयाँ दृष्टिकोण आवश्यक छ।” उनले आफ्नो कार्यकालमा आर्थिक पुनरुत्थान, सुरक्षा नीतिमा सन्तुलन र अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत पार्न ध्यान केन्द्रित गरेको बताए।
उनको राजीनामापछि सत्तारूढ दलले नयाँ नेता चयन गर्ने प्रक्रिया सुरु गर्नेछ। विश्लेषकहरूका अनुसार यो परिवर्तनले जापानी राजनीतिक परिदृश्यमा नयाँ समीकरण सिर्जना गर्न सक्छ।
यसअघि पनि इसिबाले पार्टीको आन्तरिक असहमति, घट्दो लोकप्रियता र विपक्षीको चर्को दबाबका कारण पदमा टिका रहने चुनौती सामना गर्दै आएका थिए।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0