ग्रीस स्वामित्वको Eternity C नामक जहाजमा सोमबार राति आक्रमण
ग्रीस स्वामित्वको Eternity C नामक जहाजमा सोमबार राति आक्रमण
रेड सीको क्षेत्र फेरि तनावपूर्ण बनेको छ। यमनस्थित हाउथी विद्रोही समूहले हालै एक व्यापारीक जहाजमा आक्रमण गर्दा तीन जना क्रु सदस्यको मृत्यु भएको पुष्टि भएको छ। लिबेरियामा दर्ता गरिएको, ग्रीस स्वामित्वको Eternity C नामक जहाजमा सोमबार राति आक्रमण भएको हो। आक्रमणमा बमले भरिएका ड्रोन, रकेट प्रोपेल्ड ग्रेनेड र साना डुंगासमेत प्रयोग गरिएको बताइएको छ। जहाज यमनको होदेदाह बन्दरगाहबाट ५१ नौटिकल माइल पश्चिममा रहेको बेला लक्षित गरिएको थियो।
यस आक्रमणमा तीन जना क्रु सदस्यको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। एक जनाले खुट्टा गुमाएको रिपोर्ट छ। घाइतेहरू हालसम्म पनि क्षतिग्रस्त जहाजमै फसेका छन्। यो रेड सीमा भएको पछिल्लो एक वर्षको सबैभन्दा घातक हमला मानिएको छ।
यसअघि आइतबार पनि हाउथी विद्रोहीले Magic Seas नामक अर्को व्यापारीक जहाजमा आक्रमण गरेका थिए। सो हमलामा पनि ड्रोन, मिसाइल र हतियार प्रयोग गरिएको थियो, जसपछि २२ जना क्रुमेम्बरहरूले जहाज छाड्नुपरेको थियो। हाउथी पक्षले जहाज डुबेको दाबी गरेको छ।
यद्यपि हाउथी विद्रोहीले सोमबारको हमलाको औपचारिक जिम्मेवारी नलिए पनि युरोपेली संघको Operation Aspides र यमनको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार दुवैले हाउथी समूहलाई दोषी ठहर गरेका छन्। अमेरिकी दूतावासले हमलालाई "निरंकुश र आतंकवादी शैलीको" भन्दै कडा निन्दा गरेको छ।
यसले रेड सी क्षेत्रको सुरक्षा अवस्था थप जटिल बनाएको छ। यो क्षेत्र विश्व व्यापारका लागि अति संवेदनशील मार्ग हो, जहाँ लाखौं टन सामाग्री दैनिक ओसारपसार गरिन्छ। आक्रमणहरू निरन्तर भइरहँदा अब व्यापारिक जहाजहरूलाई वैकल्पिक, लामो र महँगो मार्ग प्रयोग गर्न बाध्य हुन सक्ने सम्भावना देखिन्छ। सुरक्षा विश्लेषकहरूका अनुसार अब युरोपेली संघ, अमेरिका र अन्य देशहरूले थप नौसैनिक सुरक्षा र निगरानी बढाउने तयारी गरिरहेका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0