ल्हेन्दे खोलामा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति
ल्हेन्दे खोलामा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति
रसुवा जिल्लाको तिमुरे क्षेत्रस्थित ल्हेन्दे खोलामा अचानक आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। आज बिहान करिब ३ बजेको समयमा आएको बाढीले नेपाल–चीन सिमानामा रहेको मितेरी पुल पूर्णरूपमा बगाएको छ। यस बाढीका कारण रसुवागढी भन्सार क्षेत्रका संरचनाहरू, सवारी साधनहरू, इलेक्ट्रिक गाडीहरू तथा मालसामानहरू समेत खोलाले बगाएको स्थानीय प्रशासनले जनाएको छ।
बाढीले ११ जना नेपाली नागरिकहरूलाई बगाएको पुष्टि भएको छ र उनीहरूको खोजी तथा उद्दार कार्य तीव्र गतिमा जारी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको टोलीले घटनास्थलमा खोज तथा उद्दार कार्य सञ्चालन गरिरहेका छन्। बाढीको असरले रसुवागढी जलविद्युत आयोजना समेत प्रभावित बनेको छ भने केही कर्मचारीहरू आयोजनाको कार्यालयमै अलपत्र परेको प्रारम्भिक विवरणमा उल्लेख छ।
स्थानीय प्रशासनका अनुसार यस बाढीको मुख्य कारण चीनको केरुङ क्षेत्रमा परेको अत्यधिक वर्षाका कारण तिब्बतबाट बग्ने खोलामा पानीको सतह अचानक बढ्नु हो। यसअघि नै असार १० गते रसुवा प्रशासनले ल्हेन्दे र भोटेकोशी खोलामा बाढी आउन सक्ने सम्भावनाबारे सतर्क रहन जनतालाई अनुरोध गरेको थियो।
यस घटनाले रसुवागढी नाका हुँदै सञ्चालनमा रहेको नेपाल–चीन व्यापार पूर्णरूपमा ठप्प पारेको छ। पुलको संरचना बग्दा व्यापारिक सवारी साधनहरू अड्किएका छन् भने रसुवागढी भन्सारको कार्यालयको भौतिक संरचना समेत क्षतिग्रस्त भएको छ।
हाल प्रभावित क्षेत्रमा आपतकालीन चेतावनी जारी गरिएको छ र स्थानीय बासिन्दालाई नदी किनाराबाट टाढा रहन तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। प्रशासनले आवश्यकता परेमा तत्काल उद्धार तथा राहत कार्यका लागि समन्वय गरिने बताएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0