विश्वकै अग्रणी क्वान्टम शक्ति बन्ने रणनीति सार्वजनिक
विश्वकै अग्रणी क्वान्टम शक्ति बन्ने रणनीति सार्वजनिक
युरोपेली आयोगले २०२५ जुलाई २ मा एक महत्वाकांक्षी क्वान्टम युरोप रणनीति सार्वजनिक गर्दै सन् २०३० सम्म युरोपलाई विश्वको अग्रणी क्वान्टम प्रविधि शक्ति बनाउने योजना प्रस्तुत गरेको छ। प्रविधिको भविष्य निर्धारण गर्ने भनिएको यो रणनीतिले अनुसन्धान, उद्योग, सुरक्षासँग सम्बन्धित अनुप्रयोग, प्रतिभा विकास तथा निजी क्षेत्रको लगानीमा जोड दिएको छ।
योजना अनुसार, युरोपेली युनियनले क्वान्टम अनुसन्धान तथा नवप्रवर्तनमा पहिले नै ११ अर्ब युरोभन्दा बढी लगानी गरिसकेको छ। अब यसलाई अझ तीव्र बनाउन युरोपेली क्वान्टम अनुसन्धान तथा नवप्रवर्तन पहल (Quantum R&I Initiative) घोषणा गरिएको छ। क्वान्टम चिप उत्पादनका लागि युरोपमा पहिलो पटक ६वटा पाइलट उत्पादन केन्द्र खोलिनेछ र सुपर कम्प्युटरहरूसँग क्वान्टम प्रोसेसरहरू समावेश गरिने योजना छ।
रणनीतिले निजी लगानीमा युरोपको पछाडि परेको अवस्था सुधार गर्न, लगानीकर्तालाई आकर्षित गर्न नयाँ “क्वान्टम स्केल-अप फन्ड” ल्याउने तयारी भइरहेको छ। हाल विश्वको कुल निजी क्वान्टम लगानीमध्ये केवल ५% मात्र युरोपमा प्रवाहित भएको तथ्यलाई सम्बोधन गर्दै यो कदम चालिएको हो।
यस योजनाले रक्षा र अन्तरिक्ष क्षेत्रमा पनि गम्भीर चासो देखाएको छ। युरोक्युसिआई (EuroQCI) नामक परियोजनामार्फत युरोपभर सुरक्षित क्वान्टम सञ्चार प्रणाली विकास गरिनेछ, जुन साइबर सुरक्षाका लागि महत्वपूर्ण हुनेछ। साथै, युरोपेली क्वान्टम सीप प्रतिष्ठान (European Quantum Skills Academy) स्थापना गरेर नयाँ वैज्ञानिक र इञ्जिनियर तयार पारिने छ।
युरोपेली आयोगले २०२६ मा क्वान्टम एक्ट नामक कानुन ल्याएर क्वान्टम क्षेत्रमा नीति, लगानी सुरक्षा र प्रविधि हस्तान्तरणमा आवश्यक आधारभूत संरचना तयार पार्ने तयारी गरेको छ। यो कानुन युरोपमा प्रविधिको स्वायत्तता सुरक्षित गर्नको लागि महत्वपूर्ण हुनेछ।
युरोपले अबको दशकलाई क्वान्टम नेतृत्वको दौड को रूपमा हेरिरहेको छ। चीन र अमेरिका जस्ता राष्ट्रहरूको दबदबा घटाउँदै युरोपले प्राविधिक सार्वभौमसत्ताको बाटो अपनाएको छ। विश्लेषकहरूका अनुसार, रणनीति निकै व्यावहारिक भए पनि यसको सफल कार्यान्वयनका लागि निजी क्षेत्र, अनुसन्धान केन्द्र र सरकारहरूबीच गहिरो सहकार्य अपरिहार्य हुनेछ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0