नेपालमा जल यातायातको आधार तयार, जहाज सञ्चालन विधेयक विचाराधीनमा
नेपालमा जल यातायातको आधार तयार, जहाज सञ्चालन विधेयक विचाराधीनमा
काठमाडौं — प्रतिनिधि सभाले आजको बैठकमा "जहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०८०" विचाराधीनमा लिने निर्णय सर्वसम्मतिले पारित गरेको छ।
सांसद रेखा शर्मा तथा उद्योग तथा वाणिज्य राज्यमन्त्री मनोहरकुमार भट्टले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए। सो विधेयकले नेपालको जलमार्ग यातायात प्रणालीलाई व्यवस्थागत गर्न, सुरक्षित बनाउने र कानुनी संरचनामा ल्याउने लक्ष्य लिएको छ।
राज्यमन्त्री भट्टले विधेयकले नेपालमा भविष्यमा सम्भावित जलमार्ग सेवा विकासको सम्भावना र अवसरलाई ध्यानमा राखेर तयार पारिएको बताएका छन्। हाल नेपालमा जल यातायात सीमित भए पनि आगामी दिनमा नदी, ताल र कृत्रिम जलाशयहरूमा यात्रु तथा मालवाहक जहाज सञ्चालन सम्भव हुने विश्वास उनले व्यक्त गरे।
विधेयकले जहाज दर्ता, इजाजतपत्र, सुरक्षा मापदण्ड, चालकको योग्यता, दुर्घटना अनुसन्धान, सजाय र अनुगमन व्यवस्थालाई कानुनी रूप दिने प्रस्ताव गरेको छ।
यस विधेयकले भविष्यमा जलमार्ग मार्फत यातायातका वैकल्पिक माध्यमहरूको विकास, पर्यटन प्रवर्द्धन, तथा स्थानीय अर्थतन्त्रमा योगदान दिने अपेक्षा गरिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0