त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल खेलमा एपिएफले पुलिसमाथि ३–१ सेटमा जित निकालेर च्याम्पियन बनेको हो । विभागीय तीन र दुई प्रदेशले सहभागिता जनाएको प्रतियोगिताको विजेता एपिएफले विजेताले ४ लाख रुपैयाँ तथा उपविजेता पुलिसले २ लाख रुपैयाँ हात पारेको छ ।
लुम्बिनी प्रदेश सरकारको लगानीमा बाँकेमा निर्माण भइरहेका सातवटा पुलमध्ये पाँचवटाको काम अधुरै रहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख सिनियर डिभिजन इञ्जीनियर ललितबहादुर न्यौपानेले जानकारी दिनुभयो ।
यस वर्ष देशभर झण्डै छ सय झोलुङ्गे पुल निर्माण गरिने भएको छ । एक दिनमा दुई झोलुङ्गे पुल बनाउने योजनाअनुसार सात सय ३० पुल निर्माण गर्ने लक्ष्य भए पनि बजेट अभावका कारण त्योभन्दा केही कम सङ्ख्यामा सम्पन्न हुन लागेको हो ।
ढोरपाटन नगरपालिका–५ अधिकारीचौरको अस्तु–ओडारबोट जोड्ने भुजीखोलामा मोटरेबल पुल सात वर्षसम्म निर्माण नहुँदा यस क्षेत्रका किसान मर्कामा परेका छन् ।
विसं २०७३ असार २० मा ठेक्का सम्झौता भएर निर्माण सुरु गरिएको मनाङको नासोँ गाउँपालिकास्थित दूधखोला पक्की पुल वर्षौँदेखि अलपत्र छ । सङ्घीय सरकारबाट प्रदेशमा हस्तान्तरण भएको उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति जम्मा ३० प्रतिशत छ ।
हरेक वर्ष बर्खा लागेपछि गोरखाको सहिद लखन गाउँपालिका–५ र गोरखा नगरपालिका–८ का बासिन्दालाई ज्यान नै जोखिममा राखेर लुदीखोला वारपार गर्नुपर्ने बाध्यता वर्षौंदेखिको हो ।
नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो सार्वभौम भूभागको हिस्सा भन्दै भारत–चीनबीच नेपाललाई बाइपास गरेर गरिएको सहमति अस्वीकार्य रहेको जनाएको छ।
मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहोर्याउँदै नेपाल सरकारलाई बाइपास गरी गरिएका सम्झौता र गतिविधि स्वीकार्य नहुने स्पष्ट गरेको छ।
नेपाल सरकारले भारत र चीनबीच सम्पन्न हालैको लिपुलेक व्यापार सम्झौताप्रति औपचारिक आपत्ति जनाउँदै दुबै मुलुकलाई कूटनीतिक नोट पठाएको छ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023