सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनु भयो ।
सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनु भयो ।
राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल (पार्वती) ले देशको स्वास्थ्य प्रणाली व्यवस्थित नरहेको बताउनुभएको छ ।
आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको स्वास्थ्य प्रणाली चिन्तजनक रहेको बताउनु भयो । उहाँले एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र नै बिरामीले ज्यान गुमाउनुपर्ने बाध्यता सिर्जना भएको बताउनु भयो । उहाँले स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, संघीयता, तीन तहका सरकारहरुको उपलब्धि नदेखिएको बताउनु भयो । सांसद थापाले तीन तहका सरकारहरुको बीचमा समन्वय र सहकार्य नहुँदा नागरिकहरुले दुःख पाइरहेको बताउनु भयो । उहाँले संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न नसकेको बताउनु भयो । अस्पतालहरु बिरामीमैत्री नभएकाले दीर्घकालीन रोगहरुको चाप बढेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘दुःखका साथ भन्नुपर्छ, नेपालको स्वास्थ्य प्रणाली कस्तो छ ? आज बिरामीहरु एउटा अस्पतालबाट अर्को अस्पताल धाउँदा एम्बुलेन्सभित्र जीवन सक्नुपर्ने स्थिति देखिएको छ । हाम्रो स्वास्थ्य प्रणाली व्यवस्थित नहुँदा आज प्राप्त गरेका संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था संघीयता, तीन तहका सरकारहरु यी उपलब्धीहरु साँच्चै नेपाली नागरिकले संविधानमा लेखिएको मौलिक हक प्राप्त गर्न सकेका छैनन् । तीन तहका सरकारहरुको बीचमा समन्वय नहुँदा, सहकार्य नहुँदा नागकिरले यो अवस्था व्यहोर्नुपरेको छ । नेपालको स्वास्थ्य प्रणालीमा थुप्रै सुधार गर्नुपर्ने आवश्यक्ता छ । संघीय सरकार अन्तर्गतका अस्पतालहरु पनि नागरिकमैत्री बन्न सकिरहेका छैनन् । बिरामीमैत्री बन्न सकिरहेका छैनन् । दीर्घकालीन रोगहरुका कारण नागरिकले दुःख पाइरहेपनि तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन सकेको छैन ।’
सांसद थापाले बिरामीहरु तहगत सरकार र निकायहरुमा जाँदा बिरामीमैत्री व्यवस्था हुन नसकेको बताउनु भयो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0