‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिव २० वर्ष यता मिटरब्याजमा पैसा लगाउनेहरु र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेहरुबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ । उहाँहरुले विषय उठाउनुभएको छ । उनीहरु तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरु उहाँहरुलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।’
राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेलवासेले मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकासँग आग्रह गर्नुभएको छ ।
आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले देशभर नै अहिले मिटरब्याज पीडितहरुको समस्या बढ्दै गइरहेकाले यसमा सरकारले गम्भीर बन्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिव २० वर्ष यता मिटरब्याजमा पैसा लगाउनेहरु र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेहरुबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ । उहाँहरुले विषय उठाउनुभएको छ । उनीहरु तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरु उहाँहरुलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।’
सांसद बेलवासेले हरेक तहमा मिटरब्याजी पीडितहरुले समस्याको उठान गरेपनि समस्या समाधान हुन नसकेको बताउनु भयो ।
कमेन्टस् 0