वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनु भयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकहरुलाई राजनीति गर्नबाट रोक्न नसके देश रुपान्तरणको सम्भव नरहेको दाबी गर्नुभएको छ ।
मंगलवार काठमाडौंमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारी तलव खाएर राजनीति गर्ने शिक्षक कर्मचारीहरु नेपालबाहेक कुनैपनि देशमा नरहेको बताउनु भयो । उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो । वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरुले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनु भयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलहरुसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलव खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानून लिएर आउँ, त्यो कानूनले नै सार्वजनिक विद्यालयका शिक्षकहरुलाई, सरकारी तलव खाने शिक्षकहरुलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा तपाईंले मरिमेट्नुस् यो देशको रुपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छौं, तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ, यो देशमा सार्वजनिक विद्यालयका प्रधानाध्यापकहरुले सके भने आफ्ना छोराछोरीहरुलाई (अपवादलाई छोडेर) सार्वजनिक स्कुलमा पढाउनुहुन्न । किनभने हामी हाम्रा छोराछोरीको भविष्यमा खतरा मोल्न सक्दैनौँ । यो देशका बुर्जुवा शिक्षा भनेर धेरै हामीले भाषण सुन्यौँ । त्यो शिक्षा प्रणालीबाट देशको रुपान्तरण हुँदैन भनेर आउनुभएका नेताहरु आज आफ्ना छोराछोरी निजी स्कुलमा पढाउनुहुन्छ, यो पीडाको विषय हो । कम से कम विद्यालय, विश्वविद्यालयमा राजनीति नगरौँ, देशको रुपान्तरण हुनै सक्दैन । निजी बिजनेस गर्न दक्ष जनशक्ति चाहिने अनि देशको विकास गर्न दक्ष जनशक्ति नचाहिने ? देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, काँग्रेस बनाएको छ, कम्युनिष्ट बनाएको, प्राध्यापकलाई त्यही छ, उनीहरुले कम्युनिष्ट हुन् की काँग्रेस कम्युनिष्ट राप्रपा ? यो जसलाई म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’
वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनु भयो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0