गएराति सो अपार्टमेण्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्शा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेण्ट बनाउन शुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ ।
गएराति सो अपार्टमेण्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्शा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेण्ट बनाउन शुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ ।
ललितपुरको बखुण्डोलमा समिट अपार्टमेण्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् ।
गएराति सो अपार्टमेण्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्शा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेण्ट बनाउन शुरु गरेपछि आफूहरुको घर समेत भासिन पुगेको स्थानीयको भनाई छ । उनीहरुले आफूहरुको वास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन् ।
सो निर्माणाधिन अपार्टमेण्ट वरपरका एक तला जति घरहरु भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । अपार्टमेण्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनैपनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दाबी छ । गैरकानूनी ढंगले अपार्टमेण्ट बनाउने र आफूहरुलाई घरवास बिहीन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन् ।
यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेण्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभएको छ । शनिवार बिहान सो भासिएको घरहरुको निरीक्षण गरेपछि उहाँले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गर्नुभयो । सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । उहाँले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गर्नुभयो । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उहाँको भनाई थियो ।
अपार्टमेण्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन् । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताउनु भयो । सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन् । उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले आफूहरुको पीडाको सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दवाव दिएपछि सो अपार्टमेण्टको निर्माण कार्य पनि रोकिएको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0