हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो ।
हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो ।
सिक्किममा मंगलवार गएको हिमपहिरोमा परेर ३ जना नेपाली नागरिकको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
हिमपहिरोमा परेर ज्यान गुमाएका ७ जनामध्ये ३ जना नेपाली नागरिक रहेको खुलेको हो । त्यस्तै घाइते भएका १३ जना मध्ये ३ जना नेपाली नागरिक रहेको जनाइएको छ । हिमपहिरोमा परि नेपालका ३ जना, भारतको उत्तर प्रदेशका २ जना र पश्चिम बंगालका २ जनाको ज्यान गएको हो । गान्तोक जिल्ला कलेक्टरले जारी गरेको सूचिअनुसार ज्यान गुमाउनेमा चितवन नेपालका शिवप्रसाद लामिछाने, २२ वर्षकी आशिका ढकाल र रुपन्देही नेपालकी २९ वर्षीया मुना शाह श्रेष्ठ रहनुभएको छ । त्यसैगरी उत्तर प्रदेशका ३२ वर्षका बल सिंह र ६ वर्षकी रेव्या सिंह, पश्चिम बंगालका २८ वर्षका सौरभ रोय चौधरी र ३८ वर्षका प्रितम मतिए रहनुभएको छ । त्यसैगरी हिमपहिरोमा परि घाइते भएका १३ जना मध्ये ७ जनालाई गान्तोकको एसटीएनएम अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ भने ६ जनाको उपचार चलिरहेको छ । घाइतेहरुमध्ये नेपालकी ४० वर्षीया गीता सापकोटा, ३८ वर्षकी ज्योति गुरुङ र ४३ वर्षका रमेश खनालसहित सिलिगुडीका पपल सरकार र रञ्जिता दास र कोलकाताका सुभ्र ज्योतीहरुको अस्पतालमा उपचार चलिरहेको छ । दिल्लीका पर्व गोयल र नेहाल गोयल, लखनउका निरज शर्मा, कोलकाताकी पुतुल सिंह र कोलकाताकै राकेश सिंह, सुमित दास, तथागत रोय चौधरी सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । गान्तोकका जिल्ला कलेक्टर तुषार जी निखारेले घटनामा ३ जना नेपाली नागरिकसहित ७ जनाको ज्यान गएको बताउनु भयो ।
हिमपहिरोमा ज्यान गुमाएकाको शवलाई उनीहरुको घरसम्म राज्य सरकारले पु¥याउने निर्णय गरेको छ । सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेले मंगलवार साँझ एसटीएनएम अस्पतालमा घाइतेहरुसँग भेट गरी उनिहरुको सबै उपचार खर्च राज्य सरकारले वहन गर्ने र मृतकहरुको शव पनि राज्य सरकारले उनिहरुको घरसम्म पु¥याउने बताउनु भयो । सिक्किमको नाथुला पासनजिकै छाङ्गुमा मंगलवार हिमपहिरो गएको घटनास्थलमा आज पनि उद्धार कार्य शुरु गरिएको छ । हिजो गान्तोकबाट नाथुला पास जाने जवाहरलाल नेहरु राजमार्गको छाङ्गुमा मध्याह्न सवा १२ बजे हिमपहिरो गए लगत्तै शुरु गरिएको उद्धार कार्य खराब मौसमका कारण साँझ ६ बजेसम्म मात्रै गरिएको थियो भने आज बिहान ८ बजेदेखि पुनः उद्धार कार्य शुरु गरिएको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0