मधेस प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले नेपालमा लायन्स क्लबले शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् र मानवकल्याणका क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउनुभएको छ ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एफले शनिबार जनकपुरधाममा आयोजना गरेको शपथग्रहण तथा पदस्थापन कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा क्लबले पुर्याएको योगदानको चर्चा गर्दै त्यस्तो कार्य सरकार र राजनीतिक दलका लागि समेत अनुकरणीय छ भन्नुभयो ।
नेपाली कांग्रेस मधेस प्रदेश समिति सभापति एवं संसदीय दलका नेतासमेत रहनुभएका यादवले प्रदेश सरकार र आफू नेतृत्वको पार्टी संरचनामा पनि क्लबका असल अभ्यासको अनुशरण र सहकार्यका लागि पहल गर्ने बताउनुभयो । “नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, मानव स्वास्थ्य, सामाजिक सेवा, बालगृहलगायतका क्षेत्रमा राम्रो काम गरिरहेको छ”, उहाँले भन्नुभयो, “अब मधेस प्रदेशमा स्थानीय र प्रदेश सरकार तथा मेरो पार्टीका संरचनाले पनि आवश्यक समन्वय एवं सहकार्य गर्ने विषयमा मेरो पहलकदमी रहने छ । विशेषगरी स्वास्थ्य क्षेत्रमा मिलेर काम गर्नुपर्ने आवश्यकता मैले देखेको छु ।”
त्यसअवसरमा लायन्स क्लब अफ जनकपुरका नवनिर्वाचित अध्यक्ष रमन साह र लायन्स क्लब अफ जनकपुर गार्गीका अध्यक्ष अञ्जना पण्डित नेतृत्वको समितिलाई जिम्मेवारी हस्तान्तरण, नयाँ सदस्यता लिएकाहरूको परिचय तथा शपथप्रहणलगायतका कार्यक्रम गरिएको थियो । नेपालमा सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा पहिलोपटक क्लबको स्थापना भएको थियो ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0