उहाँले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदुषण बढेको बताउनु भयो । बारा, पर्सा र चितवनबाट वागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढेको बताउनु भयो ।
वातावरण विभागले जंगलमा लागेको डढेलोका कारण वायु प्रदुषण बढेको बताएको छ ।
आईतवार वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेलले डढेलोका कारण नै देशभरको प्रदुषणको मात्रा बढेको बताउनुभएको हो । उहाँले पानी नपर्दा र हावा वहन नसक्दा प्रदुषण एकै ठाउँमा थुप्रिएको बताउनु भयो । उहाँले स्याटलाइट इमेज हेर्दा काठमाडौं उपत्यकामा बारा, पर्सा र चितवनबाट निस्किएको धुवाँका कारण प्रदुषण बढेको बताउनु भयो । बारा, पर्सा र चितवनबाट वागमती करिडोर हुँदै काठमाडौंमा आएको हावा अन्यत्र वहन नसक्दा काठमाडौं उपत्यकामा प्रदुषणको मात्रा बढेको बताउनु भयो । उहाँले काठमाडौं प्रदुषणको पहिलो नम्बरमा प¥यो जस्ता समाचारहरु सञ्चारमाध्यममा आइरहेको तर त्यसले ठूलो फरक नपार्ने बताउनु भयो । उहाँले प्रदुषणको पहिलो, दोस्रो नम्बरमा प¥यो भन्नेकुरा प्रचारबाजीको विषयवस्तुमात्रै भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘वायुप्रदुषण यो समय देशभर नै बढीरहेको छ । वर्षाको सिजनमा पानी परिरहेकाले धेरै कम हुन्छ र हिउँद लाग्दै गर्दा बिस्तारै बढ्दै जान्छ, यसबेला पानी कम पर्ने र हावा पनि कम बहनाले बढ्छ र डढेलेको सिजनमा फेरि वायुप्रदुषण बढ्छ । अहिले वायु प्रदुषण बढेको डढेलोको कारणले हो । स्याटलाइट इमेजबाट हेर्दा बारा, पर्सा र चितवनमा अलि बढी नै तुवाँलो निस्किरहेको छ । त्यो प्रदुषण वागमती करिडोरबाट काठमाडौं प्रवेश गरेको हो । त्यसले नै काठमाडौंमा अहिले तुवाँलोको समस्या छ । हावा पनि एकदम कम चलिरहेको छ । पानी पनि नपरिरहेको भएर यो समस्या आएको हो । विश्वकै एक नम्बरमा छ, भन्ने चाहीँ महत्व हुँदैन । प्रदुषणको स्तर धेरै हुँदा पनि हामी २० नम्बरतिर हुनसक्छौँ फेरि कहिले काहीँ कम नै छ भनेपनि पहिलो हुनसक्छौँ । यो तुलनात्मक अध्ययनमा भर पर्ने कुरा हो । पहिलो, दोस्रो हुने भनेको फेसबुकमा प्रचार गर्नका लागि हो, त्यसले सकारात्मक सन्देश दिन्छ की दिँदैन भन्ने मतलव नराखीकन गरेका प्रचारबाजी हो । नम्बरमा अर्थ राख्दैन तर काठमाडौंको वायुप्रदुषण बिग्रिएको छ । अहिलेको प्रदुषण डढेलोको कारण हो । अरु वर्षको तुलनामा यो हिउँदमा पानी पनि एकदम कम परेको छ । त्यसले पनि समस्या पारेको छ । अहिलेको अवस्थामा रेड कलरमा काठमाडौं उपत्यकाको प्रदुषण छ । त्यो भनेको सेन्सेटिभ मानिसहरु सकेसम्म घरबाट बाहिर ननिस्किने र हामी पनि शतर्क हुनुपर्छ । अहिलेको समयमा मास्कको प्रयोग गर्नुपर्छ ।’
प्रवक्ता पौडेलले प्रदुषणको मात्रा बढेकाले सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, थप शतर्कता अपनाउनुपर्ने र सकेसम्म घरबाहिर निस्किन नहुने बताउनु भयो ।
कमेन्टस् 0