कैलालीको जोशीपुरका लक्ष्मी पाण्डेकी छोरी अहिले १४ वर्षकी भइन् । हरेक वर्ष कृष्ण जन्माष्टमीमा राधा बन्दै गरेकी पाण्डेकी छोरीले यसवर्ष पनि रहर गरिन् । परिवारका सदस्यलाई पोसाक किनिदिन जिद्दी गरिन् । छोरीका लागि पोसाक खरिद गर्न बजार हिँड्नुभएका पाण्डेले एक वर्षको हुँदादेखि छोरीलाई राधा बनाउने गरेको बताउनुभयो ।