सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित विशेष कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित विशेष कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्रीलाई जिम्मेवारी दिएको छ । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आयोजित विशेष कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरूमा अनिलकुमार सिन्हा उद्योग, वाणिज्य तथा कानुन मन्त्रालयमा, महाबिर पुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा, मदन परियार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा र जगदीश खरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियुक्त भएका छन् ।
शपथग्रहण कार्यक्रममा अन्तरिम प्रधानमन्त्री सुशीला कार्की, उच्च पदस्थ सरकारी अधिकारी, दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो । नयाँ मन्त्रीहरूको समावेशसँगै मन्त्रिपरिषद्को संख्या आठ पुगेको छ ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूलाई देशमा सुशासन, पारदर्शिता र सुधारको अभियानलाई अगाडि बढाउन आह्वान गरेकी छन् । उनले जनतामा विश्वास जगाउने गरी काम गर्नुपर्ने र हालको संवैधानिक संक्रमणलाई स्थिरतामा रुपान्तरण गर्न सबै मन्त्रीहरू सक्रिय हुनुपर्नेमा जोड दिइन् ।
जनतामा व्यापक असन्तोष र हालैका आन्दोलनका घटनापछि अन्तरिम सरकारले मन्त्रिपरिषद् विस्तारलाई विशेष महत्वका रूपमा लिएको छ । नयाँ मन्त्रीहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0