जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९÷८० मा आपराधिक क्रियाकलापमा संलग्न रही अदालतले कैद र जरिवाना फैसला सुनाएपछि फरार रहेका उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले विभिन्न मितिमा अदालतले कैद र जरिवानाको फैसला सुनाएकामा फरार रहेकाहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो । अदालतले पक्राउ परेका उनीहरुबाट रु १२ करोड ८७ लाख ९३ हजार जरिवाना असुल गरेको छ । यस्तै विभिन्न समयमा अदालतबाट कैद र जरिवाना ठहर भएका २३ हजार पाँच सय ९० व्यक्ति अझै फरार रहेको उहाँले बताउनुभयो ।
आव २०७९÷८० मा १८ हजार एक सय १२ मोबाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी परेको छ । हराएका मोबाइलमध्ये एक हजार छ सय ५० थान फेला परेको प्रवक्ता रिजालले बताउनुभयो । काठमाडौँ प्रहरीमा आव २०७९÷८० मा विभिन्न शीर्षकमा दुई हजार एक सय ६३ उजुरी दर्ता भएका छन् । दर्ता भएका निवेदनमध्ये सवारी साधनसम्बन्धी एक सय १६, रकम ठगीका नौ सय ९७, वैदेशिक रोजगारी ठगीका पाँच सय ४०, जग्गासम्बन्धी विवादका ४० र झैझगडा कुटपिटका ६३ उजुरी छन् ।
यसैगरी, घरेलु हिंसाका १५, सहकारीसम्बन्धी ठगीका ५०, अनलाइन ठगीका ४०, चेकसम्बन्धी ठगीका दुई सय ७६, सरसामान चोरीका २१ र मोटरसाइकल चोरीका तीन उजुरी परेका छन् । परेकामध्ये छ सय २१ उजुरी फछ्र्योट भएको र बाँकी पक्रियामा काठमाडौँ प्रहरीले जनाएको छ ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023
कमेन्टस् 0