प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाए
प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाए
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। धादिङ–२ बाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य रहेका अधिकारीले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै आफ्नो राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा पत्रमा मन्त्री अधिकारीले २०८१ असार ३१ गतेदेखि मन्त्रीको रूपमा ईमानदारीपूर्वक कृषि तथा पशुपन्छी विकास क्षेत्रको हितमा काम गर्न पाएकोमा सन्तोष व्यक्त गरेका छन्। उनले नेपाली कांग्रेसको लोकतान्त्रिक इतिहासप्रति गर्व प्रकट गर्दै अहिंसा र लोकतन्त्रप्रति आफू अडिग रहने स्पष्ट पारेका छन्।
तर, उनले हालै काठमाडौंसहित देशभर भएका प्रदर्शनमा युवापुस्तामाथि भएको दमन, हत्या र बल प्रयोगलाई अस्वीकार्य ठहर गर्दै यसप्रति सरकारको कदमप्रति असहमति जनाएका छन्। अधिकारीले राजीनामा पत्रमा लेखेका छन्, “देश निर्माणमा सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार गर्नु सरकारको अलोकतान्त्रिक प्रवृत्ति हो।”
उनले नागरिकलाई प्रश्न सोध्ने र शान्तिपूर्ण विरोध गर्ने अधिकारबाट वञ्चित गर्नु लोकतन्त्र होइन भन्दै नैतिकताका आधारमा पदमा रहिरहन नसक्ने निष्कर्ष निकालेका छन्। अधिकारीले आफू सरकारमा बसिरहनु भनेको जनतामाथि भएको अन्याय र दमनको समर्थन गर्ने सरह हुने भएकाले पदत्याग गरेको स्पष्ट पारेका छन्।
राजीनामा पत्रमार्फत उनले लोकतन्त्रमा जनताको जीवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथि केही हुन नसक्ने उल्लेख गर्दै मुलुकले छिट्टै निकास पाओस् भन्ने शुभेच्छा प्रकट गरेका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0