मिटरब्याजी पीडितहरुको समस्या समाधान गर्न सरकार गम्भीर होस्ः सांसद बेलवासे

‘एउटा दुःख लाग्दो आन्दोलन छ, मिटरब्याजी संघर्ष समितिको आन्दोलन । करिव २० वर्ष यता मिटरब्याजमा पैसा लगाउनेहरु र घर खर्च चलाउन महंगो ब्याजदरमा ऋण लिनेहरुबीचको संघर्ष २० वर्ष वरपर पुगेको छ । उहाँहरुले विषय उठाउनुभएको छ । उनीहरु तीन तहको सरकारमा पुग्नुभएको छ, तर पनि मिटरब्याजीहरु उहाँहरुलाई नै दुःख दिने किसिमले आइरहेका छन् ।’

By Kaushal Raj Kandel | March 26, 2023 | 0 Comments

मिटरब्याज पीडितहरुको खुलामञ्च अगाडि प्रदर्शन

पीडितहरु खुलामञ्चमा बस्नको लागि आएपनि काठमाडौं महानगरपालिकाको नगर प्रहरीले खुलामञ्च प्रवेशमा रोक लगाएको छ । खुलामञ्चमा प्रवेश गर्न महानगरपालिकाको नगर प्रहरीले रोक लगाएसँगै गेटमा नै धर्नामा बसेका छन् । पीडितहरुले महानगर पालिकाले रोक लगाएको भन्दै काठमाडौंका मेयर बालेन साहबिरुद्ध नाराबाजी समेत गरेका छन् ।

By Kaushal Raj Kandel | March 27, 2023 | 0 Comments

बिहानैदेखि मिटरब्याजी पीडितहरुको बिरोध प्रदर्शन

पीडितहरुले आज बिहानैदेखि काठमाडौंको टंगालमा बिरोध प्रदर्शन गरेका हुन् । तराईका विभिन्न जिल्लाबाट ११ दिनसम्म हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरुले सोमवार खुलामञ्चअघि प्रदर्शन गेका थिए भने आज भने त्यहाँबाट हिँड्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारतर्फ जाने क्रममा बिरोध प्रदर्शन गरेका हुन् ।

By Kaushal Raj Kandel | March 28, 2023 | 0 Comments

सरकारले मिटरब्याजको समस्या तत्काल समाधान गर्नुपर्छः सभापति लामिछाने

तल्लो वर्गको मानिसलाई जब प्राथमिकतामा राखिन्छ, तब मात्रै समस्या समाधान हुन्छ, मैले मन्त्री बनेर काम गर्दा यस्ता समस्यालाई पहिलो प्राथमिकतामा राखेको थियौँ । पहिलो प्राथमिकतामा गरिब, किसानलाई राखेपछि मात्रै यो समाधान हुन्छ । मिटब्याजको समस्या पहिलो प्राथमिकतामा राख्नुपर्छ र रातारात समस्या समाधान गर्नुपर्छ । राज्यले उहाँहरुलाई राम्रोसँग बस्ने सुविधा दिनुपर्छ । उहाँहरुलाई सुरक्षित बनाउनुपर्छ । उहाँहरुको माग तुरुन्त समाधान गर्नुपर्छ ।’

By Kaushal Raj Kandel | March 28, 2023 | 0 Comments

गृह मन्त्रालयले भन्योः मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन

मन्त्रालयका सहसचिव शर्माले पीडितहरुले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सक्रियता कम रहेको गुनासो गरेको भन्दै पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले मिटरब्याज पीडितको समस्या लामो समयदेखिको समस्या भएकाले पीडितहरुले भनेजसरी क्षणमरमै समाधान हुन नसक्ने पनि बताउनु भयो ।

By Kaushal Raj Kandel | March 28, 2023 | 0 Comments

मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छः अध्यक्ष ओली

हामीले मिटरब्याज पीडितहरुको बारेमा सरकारको ध्यानाकर्षण गरेका छौँ । अहिले पनि म सरकारलाई भन्न चाहन्छु, सरकारले ध्यान दिएर मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्छ, दोस्रो अफ्ठ्यारो प¥यो भन्दैमा जस्तो पायो त्यस्तो ब्याजमा सही गर्ने, केमा सही गरेँ थाहा नपाइकन मिटरब्याजी कारोबार गर्न मञ्जुर अरुले पनि हुनु हुँदैन ।

By Kaushal Raj Kandel | March 30, 2023 | 0 Comments

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता शुरु

पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार र पीीडत पक्षबीच गृह मन्त्तालयमा वार्ता जारी छ । वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहनुभएको छ । बिहीवारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो ।

By Kaushal Raj Kandel | March 31, 2023 | 0 Comments

रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्‍यो

शान्तिवाटिकामा बसेर आन्दोलन गरिरहेका मिटरब्याज पीडितले आज सिंहदरबार वरपर प्रदर्शन गर्ने तयारी गरेका थिए । सिंहदरबार वरपर आन्दोलन गर्न नदिने भन्दै जिल्ला प्रशासनले प्रहरी प्रशासन तैनाथ गर्न लगाएपछि शान्ति बाटिकामा नै प्रहरी र मिटरब्याजी पीडितबीच झडप भएको हो ।

By Kaushal Raj Kandel | April 17, 2023 | 0 Comments

Trending Post