प्रधानमन्त्री प्रचण्डले जनताको विश्वास गुमाईसकेका छन्ः मोहन वैद्य

यो सत्ता र यसका अवयवहरुलाई पूरै फ्याँक्नुपर्छ । कार्यपालिका पनि असफल, न्यायपालिका पनि असफल, व्यवस्थापिका पनि असफल भएको देख्यौँ नि हामीले । सबै असफल छन । काँग्रेस त असफल नै हो ।

By Kaushal Raj Kandel | March 19, 2023 | 0 Comments

प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने एमालेको निर्णय

राजनीतिक दलहरुबीचको सत्ता स्वार्थका लागि दाउपेच गर्ने, राजनीतिक नेतृत्वको बीचमा विश्वासको खडेरी र राजनीतिक अविश्वासको एउटा परिस्थिति निर्माण गर्दै राजनीतिक द्धन्द्धमा लैजानका लागि सरकारको नेतृत्व स्वयमले यस प्रकारको भूमिका खेलेको वर्तमान परिप्रक्ष्यमा नेकपा एमालेले यो सरकारप्रति सदनमार्फत हाम्रो अविश्वास रहेको छ । विश्वासको मत दिन सकिदैन ।

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

प्रधानमन्त्रीका कारण विदेशी सम्बन्ध बिग्रियोः अध्यक्ष ओली

प्रधानमन्त्रीजी जुन पार्टीको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँ बाहेक सबै अरुको केही दोष छैन, अलमलमा उहाँ दबाबमा हुनुहुन्छ। प्रधानमन्त्रीजी जंगबहादुर शैलीमा हुनुहुन्छ । उहाँले जे भन्यो त्यही हुन्छ । विपक्षीमा बोल्यो भने त्यसको पत्तासाफ हुन्छ ।

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

एमाले अध्यक्ष ओलीको कटाक्षः सरकारलाई सुझाव दिनु ‘भैंसीलाई वीन बजाए’ जस्तै हो

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारलाई सुझाव दिनुको कुनै अर्थ नरहेको बताउनुभएको छ ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

ऐनहरु निर्माण र संशोधनको प्रक्रिया पूरा भएपछि संघीय व्यवस्थाले नयाँ फड्को मार्छः प्रधानमन्त्री

उहाँले संविधानले व्यवस्था गरेअनुरुप राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरुको सही विन्यास गर्न संघीय कानूनहरु यथाशीघ्र निर्माण गर्नुपर्ने राष्ट्रिय दायित्व आफूलाई रहेको बताउनु भयो । उहाँले कतिपय संघीय कानूनहरु समेत एकअर्कासँग बाझिएको अवस्था रहेकाले त्यसको समाधानका लागि सरकारले भुमिका खेलिरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले उल्लेखित ऐनहरुको निर्माण र संशोधनको प्रक्रिया पूरा गरेपछि संघीय व्यवस्था र अभ्यासले नयाँ फड्को मार्ने बताउनु भयो ।

By Kaushal Raj Kandel | March 30, 2023 | 0 Comments

सरकारको सय दिन

उहाँले सरकारी कामकाजको सन्दर्भमा धेरै भीडभाड हुने ठाउँहरु व्यवस्थित हुँदै गरेको बताउनु भयो । त्यस्तै किसानको समस्या समाधान गर्न दुध र गहुँको समर्थन मूल्य तोकिएको भन्दै त्यो पनि सरकारको उपलब्धि भएको बताउनु भयो । उहाँले सरकारले समयमै पाठ्यपुस्तक पु¥याउने तयारी गरिरहेको पनि उहाँले बताउनु भयो ।

By Kaushal Raj Kandel | April 02, 2023 | 0 Comments

प्रधानमन्त्री दाहालबारे ओलीको टिप्पणी

दाहाललाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उहाँले इमान नभएकाहरुसँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताउनु भयो । यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्ड चाल भएको उल्लेख गर्दै उहाँले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावी समेत गर्नु भयो ।

By Kaushal Raj Kandel | April 02, 2023 | 0 Comments

नियम विपरित काम गरेका सहकारीलाई तत्काल नियन्त्रण गर्न नियामक निकायहरुलाई प्रधानमन्त्रीको निर्देशन

उहाँले सहकारी संस्थाहरुप्रति उठेका सवालहरुको विषयमा गहन छलफल गरेर निस्कर्ष निकाल्न आवश्यक रहेको बताउनु भयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकारी अभियान्ताहरुको बाक्लो जमघटले नेपालको सहकारी अभियानलाई आगामी दिनमा कसरी लैजाने भन्ने विषयमा मार्ग चित्र बनाउन सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

By Kaushal Raj Kandel | April 06, 2023 | 0 Comments

ओलीलाई भेट्न प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोटमा

संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरु संसदमा अघि बढाउने विषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र काँग्रेस सभापति देउवा ओली निवास बालकोटमा जानुभएको हो ।

By Kaushal Raj Kandel | April 17, 2023 | 0 Comments

Trending Post