सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्नेः क्यान अध्यक्ष चन्द

अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गर्नुभयो ।

By Kaushal Raj Kandel | March 17, 2023 | 0 Comments

विद्युत निर्यात किन गर्नुप¥यो ? पहिले यहाँ खपत गराैं । यहाँ रोजगारी सृजना गराैं । उत्पादन उद्योगलाई अघि बढाऔं । हाम्रो राष्ट्रिय खपत क्षमता वृद्धि गराैं । - केपी ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले विद्युत व्यापार गर्ने बेला नभएको बताउनुभएको छ । अध्यक्ष ओलीले भारतप्रति संकेत गर्दै ६ रुपैयाँ प्रतियुनिटमा विद्युत बिक्री गरेर त्यसको दोब्बर मूल्य १२ रुपैयाँमा विद्युत खरिद गर्न नहुने समेत स्पष्ट पार्नुभयो ।

By Kaushal Raj Kandel | March 17, 2023 | 0 Comments

प्रधानमन्त्रीलाई विश्वासको मत गठबन्धन सकारात्मकः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताउनुभएको छ ।

By Kaushal Raj Kandel | March 18, 2023 | 0 Comments

प्रधानमन्त्री दाहललाई विश्वासको मत दिने काँग्रेस संसदीय दलको निर्णय

नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’

By Kaushal Raj Kandel | March 19, 2023 | 0 Comments

नेपाल सबैभन्दा कम वचत गर्ने मुलुकमा पर्छः गभर्नर अधिकारी

बचत अनिवार्य हो । नेपाल सग्रममा कम वचत गर्ने देशमा पर्छ । तथ्याङ्क हेर्ने हो भने सबै भन्दा बढी खर्च गर्छौं । राष्ट्रिय वचतको अनुपात आधारमा हेर्दा वचतको रेट एकदमै कमजोर छ ।

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

होटल व्यवसायीका समस्या सामाधानका लागि पहल नगरे व्यवसाय बन्द गर्ने हानको चेतावनी

हानले सरकारलाई होटल व्यवसायीहरुका समस्या समाधानको लागि ध्यानाकर्षण गराउँदा समेत समस्याको सामाधानको लागि पहल नगरे व्यवसाय बन्द गर्नुपर्ने अवस्था आएको बताएको छ ।

By Kaushal Raj Kandel | March 20, 2023 | 0 Comments

सरोकार समितिः महाकाली सन्धी खारेज गर्नुपर्ने सांसदहरुको माग

‘हामी निकास दिने हिसावले नै छलफल गर्नेछौँ । १९५० को सन्धी धेरै नै बहसमा छ । हामी यसलाई राष्ट्रिय हीतमा, जनताको हीतमा रहनेगरी त्यसको संवेदनशीलतालाई मनन गरेर अघि बढ्छौँ । १९५० को सन्धीको पुनरावलोकन गर्न आवश्यक छ । यसलाई कसरी लैजाने भन्नेबारेमा छलफल गर्नेछौँ ।’

By Kaushal Raj Kandel | March 21, 2023 | 0 Comments

बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुन्छः अध्यक्ष मल्ल

हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोवारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ ।

By Kaushal Raj Kandel | March 23, 2023 | 0 Comments

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता थिएनः अध्यक्ष नेपाल

"मैले संसदमा पनि भनेको थिएँ । पोखराको अन्तर्राष्ट्रिय विमानस्थलको आज आवश्यकता थियो ? लुम्बिनीको जरुरी थियो ? त्यहाँ अर्बौंको खर्च भएको छ । त्यहाँ पैसा लगानी भएको छ । त्यो लगानीको प्रतिफल विचार गर्नुस् त । त्यसको ब्याज । त्यही पैसा यदी अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल प्राप्त हुन्थ्यो ।"

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

सरकार र राष्ट्र बैंकले व्यवसायिक गतिविधि चलायमान हुने नीतिगत व्यवस्था गरे अर्थतन्त्रमा सुधार हुन्छः वरिष्ठ उपाध्यक्ष ढकाल

वरिष्ठ उपाध्यक्ष ढकालले बैंकको ब्याजदर घटाउन सरकार र राष्ट्र बैंकले दिनसक्ने सहुलियत दिए घट्नसक्ने बताउनु भयो । उहाँले निक्षेपकर्तालाई बैंकले दिएको ब्याज बढी भए कम गरेर जान सक्नुपर्ने बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुले मुलुकमा उत्पन्न भएको अर्थतन्त्र संकटमा गएको अवस्थामा न्युनतम नाफा लिएर काम गर्नसके केही सहजता आउन सक्ने बताउनु भयो । उहाँले अब एकले अर्कोलाई दोष लगाउने भन्दा पनि राष्ट्र बैंक, नेपाल सरकार,नीति क्षेत्र सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो ।

By Kaushal Raj Kandel | March 24, 2023 | 0 Comments

Trending Post