अध्यक्ष चन्दले सरकारले खेलाडीहरुको भविष्य सुनिश्चित गर्नुपर्ने बताउनु भयो । आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न सरकारसँग आग्रह गर्नुभयो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग गर्ने बताउनुभएको छ । मेलम्चीमा आज सम्पन्न जिल्लास्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मन्त्री बस्नेतले खेलले स्वस्थ रहन पनि धेरै सहयोग पुग्ने छ भन्नुभयो ।
काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलस्थित धुलिखेल अस्पताल र बनेपा नगरमा रहेको शिर मेमोरियल अस्पतालमा सामाजिक सुरक्षा कोषमा आबद्ध भएका नागरिकको उपचार सेवा सुरु गरिएको छ । दुई अस्पताल र सामाजिक सुरक्षा कोषबीच गत जेठमा छुट्टाछुट्टै द्विपक्षीय सम्झौता भई सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका नागरिकको उपचार सेवा सुरु गर्ने सहमति भएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले नेपालमा खेलकुद विश्वविद्यालय स्थापना अति आवश्यक रहेको बताएका छन्। पोखरास्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसको क्रिकेट टीमले आयोजना गरेको डब्लूआरसी प्रियम लिगको उद्घाटन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै महरले उक्त कुरा बताएका हुन्।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023