माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा असार महिनाको तेस्रो साताभित्र सार्वजनिक हुने
माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा असार महिनाको तेस्रो साताभित्र सार्वजनिक हुने
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा असार महिनाको तेस्रो साताभित्र सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको SEE परीक्षाको उत्तरपुस्तिका मूल्यांकन कार्य लगभग सम्पन्न भइसकेको छ। अब कम्प्युटर इनपुट, डेटा मिलान र अन्य प्राविधिक प्रक्रिया सम्पन्न भएपछि मात्र नतिजा सार्वजनिक गरिनेछ। परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा. गणेश भट्टराईका अनुसार, शिक्षकहरूको आन्दोलनका कारण मूल्यांकन प्रक्रिया ढिलो भएको र त्यसैले नतिजा प्रकाशनमा पनि ढिलाइ हुन गएको हो।
परीक्षाफल सार्वजनिक भएपछि विद्यार्थीहरूले आफ्नो नतिजा आधिकारिक वेबसाइटहरू जस्तै see.gov.np, neb.gov.np तथा see.ntc.net.np मा गएर हेर्न सक्नेछन्। साथै, नेपाल टेलिकम र एनसेलबाट पनि SMS मार्फत नतिजा प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ। यसका लागि SEE लेखी एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर टाइप गरी 1600 वा 35001 मा पठाउनुपर्नेछ। त्यस्तै, टेलिफोनमार्फत १६०० डायल गरेर नतिजा सुन्न सकिने छ।
नतिजा सार्वजनिक भएपछि केही समय वेबसाइटहरूमा अत्यधिक ट्राफिकको कारण सेवामा अवरोध आउन सक्ने भएकाले धैर्यताका साथ जानकारी लिन परीक्षा बोर्डले आग्रह गरेको छ। साथै, त्रुटिपूर्ण नतिजा वा अन्य समस्या देखिएमा सम्बन्धित विद्यालय वा परीक्षा नियन्त्रण कार्यालयमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ। अबको केही दिनभित्र सार्वजनिक हुने नतिजा करिब ५ लाखभन्दा बढी परीक्षार्थीले प्रतीक्षा गरिरहेका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0