आन्दोलन हिंसात्मक मोडमा पुगेपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ
आन्दोलन हिंसात्मक मोडमा पुगेपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ
काठमाडौंमा जारी Gen Z आन्दोलन हिंसात्मक मोडमा पुगेपछि कम्तीमा १३ जनाको मृत्यु भएको पुष्टि भएको छ। राजधानीका विभिन्न स्थानमा भएको प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दा मृत्युको संख्या बढ्दै गएको र घटनास्थलहरूमा भयावह अवस्था देखिएको छ।
आन्दोलनको क्रममा १२३ जना घाइते भएका छन्, जसमा पत्रकार, विद्यार्थी र सामान्य नागरिक समेत रहेका छन्। घाइतेमध्ये धेरैजना अश्रुग्यास, रबरको गोली र लाठीचार्जका कारण घाइते भएका भए पनि केहीलाई गोली लागेर गम्भीर अवस्था भएको बताइन्छ।
सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध युवा पुस्ताले सुरु गरेको विरोध आन्दोलन अहिले देशव्यापी बनेको छ। काठमाडौंको मैतिघर मण्डला र संसद भवन वरपर ठूलो संख्यामा युवाहरूले सरकारविरुद्ध नाराबाजी गर्दै सडकमा अवरोध तोड्ने प्रयास गरेपछि प्रहरीसँग भिडन्त भएको हो।
सरकारको यो कदमलाई युवा पुस्ताले अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै आन्दोलनलाई अझ तीव्र बनाइरहेका छन्। मृतक र घाइतेहरूको संख्या बढ्दै जाँदा आन्दोलन अझ चर्किने संकेत देखिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0