जधानी बेलग्रेडमा राष्ट्रपति अलेक्सान्दर भुचिचविरुद्ध विशाल जनप्रदर्शन जारी छ
जधानी बेलग्रेडमा राष्ट्रपति अलेक्सान्दर भुचिचविरुद्ध विशाल जनप्रदर्शन जारी छ
सर्बियाको राजधानी बेलग्रेडमा राष्ट्रपति अलेक्सान्दर भुचिचविरुद्ध विशाल जनप्रदर्शन जारी छ। जुन २८ मा आयोजित विरोध प्रदर्शनमा करिब १ लाख ४० हजारभन्दा बढी सर्वसाधारण, विद्यार्थी, नागरिक समाजका प्रतिनिधिहरू सहभागी भएका थिए। आन्दोलनको नेतृत्व विश्वविद्यालयका विद्यार्थीहरूले गरिरहेका छन्, जसले विगत आठ महिनादेखि भ्रष्टाचार, अधिकारको हनन र सरकारको अत्यधिक हस्तक्षेपविरुद्ध आन्दोलन गर्दै आएका छन्। प्रदर्शनकारीहरूले राष्ट्रपति भुचिचलाई सत्ता त्याग्न दवाव दिँदै अविलम्ब नयाँ निर्वाचनको माग गरिरहेका छन्।
आन्दोलन चर्किदै गएपछि प्रहरी प्रशासनले कडा प्रतिक्रिया दिएको छ। प्रदर्शन नियन्त्रण गर्न प्रहरीद्वारा बल प्रयोग गरिएको थियो भने टियर ग्यास प्रहार र थुप्रै प्रदर्शनकारीहरूको पक्राउसमेत गरिएको छ। घटनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित बमखोजी टोली पनि परिचालन गरिएको छ।
यस आन्दोलनको मूल पृष्ठभूमि गत नोभेम्बरमा नोभी साड शहरमा निर्माणाधीन रेल स्टेशनको छत भत्किएर १६ जनाको मृत्यु भएपछि सुरु भएको थियो। उक्त दुर्घटनापछि सरकारी लापरवाही र भ्रष्टाचारको विरोधस्वरूप जनआक्रोश बढेको हो। जनदबाबकै कारण प्रधानमन्त्री मिलोस भुसेभिकले यसै वर्ष राजीनामा दिएका थिए, तर राष्ट्रपति भुचिच अझै सत्तामा टिकिरहँदा जनताको आक्रोश झन चर्किएको छ।
सरकारले भने आन्दोलनमा विदेशी शक्तिहरूको हस्तक्षेप रहेको आरोप लगाएको छ। राष्ट्रपति भुचिचले ‘सडकबाट सरकार परिवर्तन हुँदैन’ भन्दै स्न्याप निर्वाचनको माग अस्वीकार गरेका छन्। उता विपक्षी दलहरू र मानव अधिकार संस्थाहरूले सर्बियामा लोकतान्त्रिक मूल्य र मानव अधिकारको गम्भीर उल्लंघन भएको भन्दै चासो व्यक्त गरेका छन्।
युरोपेली संघ, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय संस्थाहरूले सर्बिया सरकारलाई शान्तिपूर्ण वार्ताका माध्यमबाट समाधान खोज्न सुझाव दिएका छन्। स्थिति अझ जटिल हुँदै गएमा सर्बिया भित्र राजनीतिक संकट थप गहिरिने अनुमान गरिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0