चीनको तियानजिनमा आयोजित शङ्घाई सहकार्य संगठन (SCO) शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपालको अडान चीनलाई प्रष्ट पारिएको बताएका हुन्।
चीनको तियानजिनमा आयोजित शङ्घाई सहकार्य संगठन (SCO) शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपालको अडान चीनलाई प्रष्ट पारिएको बताएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक नेपालको भूभाग भएको विषयमा चीनसँग स्पष्ट संवाद भएको बताएका छन्। चीनको तियानजिनमा आयोजित शङ्घाई सहकार्य संगठन (SCO) शिखर सम्मेलनमा भाग लिन पुगेका प्रधानमन्त्री ओलीले नेपाल–चीन द्विपक्षीय भेटमा लिपुलेक, कालापानी र लिम्पियाधुराबारे नेपालको अडान चीनलाई प्रष्ट पारिएको बताएका हुन्।
उनका अनुसार नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र सीमा प्रश्नमा कुनै सम्झौता नहुने सन्देश चीनलाई प्रष्ट दिइएको छ। प्रधानमन्त्री ओलीले भने, “लिपुलेक नेपालको भूभाग हो भन्ने कुरा हामीले चीनलाई स्पष्ट गरिसकेका छौँ। नेपालको नक्सा र ऐतिहासिक तथ्यहरूले यसलाई पुष्टि गर्छन्।”
हालै भारत र चीनबीच लिपुलेक हुँदै व्यापार विस्तार गर्ने सम्झौता भएपछि नेपालले कडा आपत्ति जनाएको थियो। यसअघि नेपाल सरकारले नयाँ नक्सा जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्रभित्र पर्ने प्रस्ट पारेको थियो। प्रधानमन्त्री ओलीको भनाइ अनुसार यस विषयमा नेपाल दृढ अडानमा रहँदै अन्तर्राष्ट्रिय समुदायसमक्ष पनि निरन्तर आवाज उठाउनेछ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0