लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालभरिका ११ वटा मुख्य सडकखण्डहरू बिहानसम्म अवरुद्ध भएका छन्
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालभरिका ११ वटा मुख्य सडकखण्डहरू बिहानसम्म अवरुद्ध भएका छन्
लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण नेपालभरिका ११ वटा मुख्य सडकखण्डहरू आज बिहानसम्म अवरुद्ध भएका छन्। तीमध्ये ६ वटा सडक पूर्ण रूपमा अवरुद्ध छन् भने ५ वटा सडक एकतर्फी रूपमा मात्र सञ्चालनमा रहेका छन्। पहिरोका कारण धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी, म्याग्दी, ग्याग्दी, डोटी, जुम्लालगायतका जिल्लाहरूमा सवारी आवागमनमा ठुलो असर परेको छ।
विशेषगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने नारायणगढ–बुटवल खण्डको विनयी खोलामा आएको बाढीले डाइभर्सन क्षति पुर्याएपछि उक्त खण्ड पूर्ण रूपमा बन्द भएको छ। यसले गर्दा पूर्व र पश्चिमबीचको मुख्य यातायात सम्पर्क टुटेको छ। वैकल्पिक रूपमा सवारी चालकहरूलाई नारायणगढ–मुग्लिङ–पोखरा–स्याङ्जा–बुटवल मार्ग प्रयोग गर्न सुझाव दिइएको छ। काभ्रे, सिन्धुपाल्चोक र नवलपरासीका केही सडकहरू पहिरोले अवरुद्ध भए पनि प्रहरी तथा सडक विभागले अस्थायी रूपमा एकतर्फी सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन्। मौसम अझै अस्थिर रहेकाले सावधानीपूर्वक यात्रा गर्न सरोकारवालाहरूले आग्रह गरेका छन्।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0