नेपाल सन् २०२५ को सोलो (एक्लो) साहसिक यात्राका लागि विश्वका उत्कृष्ट गन्तव्यहरूमध्ये सातौं स्थान पाउन सफल भएको छ।
नेपाल सन् २०२५ को सोलो (एक्लो) साहसिक यात्राका लागि विश्वका उत्कृष्ट गन्तव्यहरूमध्ये सातौं स्थान पाउन सफल भएको छ।
नेपालले सन् २०२५ को सोलो (एक्लो) साहसिक यात्राका लागि विश्वका उत्कृष्ट गन्तव्यहरूमध्ये सातौं स्थान पाउन सफल भएको छ। बेलायतमा आधारित प्रमुख साहसिक यात्रा कम्पनीले सार्वजनिक गरेको नयाँ सूचीमा नेपाललाई यो स्थान प्रदान गरिएको हो। सूचीमा नेपालसँगै इटाली, जापान, नर्वे, स्पेन, ग्रीस, अल्बानिया, पोर्चुगल, जोर्डन, र मोन्टेनेग्रोजस्ता देशहरू पनि समावेश छन्।
नेपालको अद्वितीय प्राकृतिक सौन्दर्य, हिमाल, पदयात्रा मार्ग, र स्थानीय संस्कृति तथा जिम्मेवार पर्यटन व्यवस्थापन प्रणालीले विश्वका एक्ला यात्रुहरूलाई आकर्षण गरेको उल्लेख गरिएको छ। विशेषगरी पर्यावरणमैत्री होमस्टे कार्यक्रम, स्थानीय गाइडहरूको सहयोग, तथा विविध सांस्कृतिक अनुभवले नेपाललाई सोलो ट्राभल गन्तव्यका लागि उपयुक्त बनाएको छ।
रिपोर्टका अनुसार, नेपालका लागि सोलो ट्राभलरहरू बीच अन्नपूर्ण सर्किट, एभरेस्ट बेस क्याम्प, र लाङटाङ पदयात्रा क्षेत्र विशेष रुचिका केन्द्र बनेका छन्। साथै काठमाडौँ उपत्यकाका विश्व सम्पदा क्षेत्र, पोखरा, र चितवनका वन्यजन्तु सफारीहरूले पनि साहसिक यात्रामा विविधता प्रदान गर्छन्।
नेपाल पर्यटन बोर्डले यो उपलब्धिलाई अत्यन्तै सकारात्मक रूपमा लिँदै सन् २०२५ लाई ‘Visit Nepal Year’ को रूपमा सफल बनाउन सहयोग पुग्ने बताएको छ। सरकारले पनि सुरक्षित र समावेशी पर्यटन प्रवर्द्धन गर्न विशेष रणनीति तयार पारिरहेको जनाइएको छ।
पर्यटन विज्ञहरूका अनुसार यो प्रकारको अन्तर्राष्ट्रिय मान्यताले नेपालमा विदेशी पर्यटकको आगमनमा वृद्धि हुने विश्वास गरिएको छ, जुन देशको आर्थिक वृद्धिमा पनि प्रत्यक्ष सहयोगी हुनेछ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0