अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा मलेसियाली लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको बताए
अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा मलेसियाली लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको बताए
काठमाडौं, असार १९ — अर्थमन्त्री तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा मलेसियाली लगानीकर्ताका लागि अनुकूल वातावरण रहेको बताएका छन्। उनले नेपाल भ्रमणमा रहेको मलेसिया–नेपाल व्यापार परिषद् (MNBC) को प्रतिनिधिमण्डलसँगको भेटमा लगानीमैत्री नीतिहरू र सरकारको लगानीमैत्री दृष्टिकोणबारे जानकारी गराएका हुन्।
भेटका क्रममा अर्थमन्त्री पौडेलले जलविद्युत्, पूर्वाधार विकास, सूचना प्रविधि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा वातावरणीय संरक्षणलगायतका क्षेत्रमा लगानीका अपार सम्भावना रहेको बताए। उनले मलेसियाली निजी क्षेत्रलाई नेपालमा साझेदारीमा लगानी गर्न आह्वान गर्दै सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
नेपालको पछिल्लो आर्थिक सुधार र सरकारी नीतिहरूले अन्तर्राष्ट्रिय लगानीकर्तामा विश्वास बढाइरहेको भन्दै उनले नेपालले प्राप्त गरेको सॉभरेन क्रेडिट रेटिङ ‘BB’ ले पनि नेपालको आर्थिक स्थायित्व र लगानी अनुकूल वातावरण पुष्टि गर्ने बताए। यो रेटिङले नेपालमा विदेशी लगानी प्रवाह बढाउने विश्वास समेत व्यक्त गरे।
मलेसिया–नेपाल व्यापार परिषद्ले नेपाललाई दक्षिण एशियामा उदीयमान लगानी गन्तव्यको रूपमा हेरेको र पर्यटन, निर्माण, ऊर्जा र सेवा क्षेत्रहरूमा दुवै देशबीच व्यापारिक सहकार्य विस्तार गर्न खोजेको जानकारी परिषद्का प्रतिनिधिहरूले दिएका थिए।
नेपाल सरकारको यस किसिमको सक्रिय प्रयास र प्रष्ट सन्देशले दुवै देशबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0