जलवायु परिवर्तनको मार: लाङटाङको याला हिमनदीलाई मृत घोषित
जलवायु परिवर्तनको मार: लाङटाङको याला हिमनदीलाई मृत घोषित
रसुवा जिल्लाको लाङटाङ उपत्यकास्थित याला हिमनदीलाई जलवायु परिवर्तनको कारण औपचारिक रूपमा "मृत" घोषणा गरिएको छ। समुद्री सतहदेखि करिब ५,००० मिटर उचाइमा अवस्थित उक्त हिमनदी दशकौँदेखि पग्लँदै आएको थियो र हाल यसको धेरै भाग पूर्ण रूपमा समाप्त भइसकेको वैज्ञानिकहरूको निष्कर्ष छ।
यस घटनालाई ध्यानमा राख्दै स्थानीय बासिन्दा, बौद्ध भिक्षु तथा जलवायु वैज्ञानिकहरूको सहभागितामा विशेष धार्मिक अन्त्येष्टि समारोह आयोजना गरिएको हो। बौद्ध परम्परा अनुसार लामाहरूले मन्त्र उच्चारण गर्दै पूजा–अर्चना गरे र हिमनदीको मृत्युलाई मानवीय शोकसँग तुलना गर्दै अन्त्येष्टि गरिएको हो। याला नेपालमै पहिलो औपचारिक रूपमा "मृत घोषित" गरिएको हिमनदी हो, जसले जलवायु संकटको गम्भीर सन्देश विश्वसमक्ष प्रस्तुत गरेको छ।
यो अन्त्येष्टि समारोहले जलवायु परिवर्तनको असरबारे जनचेतना फैलाउने र सरकार तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रभावकारी कदम चाल्न प्रेरित गर्ने लक्ष्य राखिएको छ।
Like
Dislike
Angry
Sad
Funny
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023
कमेन्टस् 0