नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताउनुभएको छ ।
संविधानको रक्षा, संवद्र्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित हामी सरकारमा सहभागी हुँदैछौँ । नेपाली काँग्रेस पार्टी सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
नेपाली काँग्रेस प्रधानमन्त्रीले प्रश्तुत गर्नुहुने विश्वासको मतको प्रश्तावको पक्षमा रहेको छ । प्रधानमन्त्रीको पक्षमा मतदान गर्नेछ । तदनुरुप काँग्रेस संसदीय दलका सांसदहरुलाई निर्देशन दिन्छ । त्यसपछि मात्रै प्रधानमन्त्रीको दाहालको नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । सरकारमा हामी सहभागी हुन्छौँ ।’
राजनीतिक दलहरुबीचको सत्ता स्वार्थका लागि दाउपेच गर्ने, राजनीतिक नेतृत्वको बीचमा विश्वासको खडेरी र राजनीतिक अविश्वासको एउटा परिस्थिति निर्माण गर्दै राजनीतिक द्धन्द्धमा लैजानका लागि सरकारको नेतृत्व स्वयमले यस प्रकारको भूमिका खेलेको वर्तमान परिप्रक्ष्यमा नेकपा एमालेले यो सरकारप्रति सदनमार्फत हाम्रो अविश्वास रहेको छ । विश्वासको मत दिन सकिदैन ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023