क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले क्रेमलिनमा हालै भएको ड्रोन आक्रमणमा अमेरिका र युक्रेनको हात रहेको प्रमाण रूससँग रहेको बताउनुभएको छ ।
युक्रेनले पूर्वी डोनेट्स्क क्षेत्रको बाख्मुट शहरको वरिपरि आफ्नो गुमेको क्षेत्रमा पुनः प्राप्तिका लागि महत्त्वपूर्ण प्रगति गरेको बताएको छ । सो क्षेत्र महिनौंदेखि रुससँग जारी लडाईको केन्द्रबिन्दुको रूपमा रहेको छ।
टर्कीले युद्धग्रस्त युक्रेनबाट अनाज निर्यात गर्न अनुमति दिने सम्झौता विस्तार गर्ने वार्ता सम्झौताको नजिक पुगेको बताएको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवम् पूर्व राष्ट्रपति दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताउनुभएको हो ।
उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
Mar 16, 2023रत्नपार्कमा मिटरब्याज पीडित र प्रहरीबीच झडपः पीडित भन्छन्ः प्रहरीले दमन गर्यो
April 17, 2023उच्च गुणस्तर र सटिक समाचार तथा विश्लेषण काे लागि युनिबिग न्युज अनलाइन संचालनमा ।
March 16, 2023